कीर्तिपुर नगरपालिका नीजि विद्यालयमा नेपालभाषा अनिवार्य गराउन तथा उच्च तहमा छात्राबृत्तिकाे व्यवस्था गराउन ध्यानाकर्षण


कीर्तिपुर । कीर्तिपुर नगरपालिका नीजि विद्यालयमा अनिवार्य गराउन तथा बि.ए. देखि पी.एच.डी सम्म नेपालभाषा विषयमा छात्रावृत्ति गराउनका नेपाल भाषाप्रेमीहरुले ध्यानाकर्षण गराएका छन् । उनीहरुले कीर्तिपुर नगरपालिकाका उपमेयर शुभलक्ष्मी शाक्य ‘सुनिता’ र भर्खरै निर्वाचित हुनु भएका मेयर कृष्णमान डंगोललाई पुस २ गते भेटेर सो विषयमा ध्यानार्कषण गराएका हुन् ।
नेपाल भाषा भाषाप्रेमीहरु रत्न राज्यलक्ष्मी क्याम्पसका प्रमुख जीवनधर ज्ञवाली, सोही क्याम्पसका नेपालभाषा शिक्षक प्रा डा चन्द्रमान बज्राचार्य, नेपालभाषा केन्द्रीय विभाग, पाटन क्याम्पसका नेपालभाषा शिक्षकहरू डा. बज्रमुनि बज्राचार्य, जीवन महर्जन तथा सामाजिक अभियानताहरू राजेन्द्र महर्जन पुताः, अर्जुन नेपाःमि, बुद्धिलाल ज्यापु तथा नेवाः विद्यार्थीहरुको तर्पmबाट नेवाः विद्यार्थी युनियनका अध्यक्ष रिदेन महर्जनले निजी विद्यालयमा नेपाल भाषा अनिवार्य तथा वि.ए. देखि एम. ए. नेपालभाषामा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरु गर्नुपर्नेमा ध्यानाकर्षण गराएका छन् ।
नेपालभाषाप्रेमीहरुले कीर्तिपुर नगरपालिका भित्रका विद्यालयहरुमा भाषा, ऐन बमोजिम सरकारीमा मात्र नभई निजि विद्यालयमा राम्रो कक्षा भइरहेको छ कि छैन भन्ने विषयमा छलफलका क्रममा नगरपालिकाका नीजि विध्यालयमा पनि यथाशिघ्र नेपाल भाषाको कक्षा सञ्चालन गर्नु पर्नेमा कीर्तिपुर नगर नगरपालिकालाई आग्रह समेत गरेका छन् ।
रत्न राज्यलक्ष्मी क्याम्पसका नेपालभाषा शिक्षक प्रा. डा. चन्द्रमान बज्राचार्यले काठमाडौं महानगरपालिकामा नेपालभाषा निजी विद्यालयमा नेपालभाषाको कक्षा सञ्चालन भइरहेको अवगत गराउँदै नेवार समुदायको बाहुल्य रहेको एैतिहासिक बस्ती कीर्तिपुर नगरपालिकामा नेपालभाषा निजी विद्यालयमा पठनपाठन गराएको खण्डमा कीर्तिपुरका मेयर र उपमेयर मात्र नभई कीर्तिपुरका बासिन्दा लगायत सबैको लागि राम्रो हुने जनाए । यदि निजी विद्यालयमा नेपाल भाषा अनिर्वाय नगर्ने विद्यालयहरुलाई नगरपालिकाले स्थानीय ऐन कानुन बमोजिम कडाईका साथ लागू गराउन अघि बढ्नुपनर्मो ध्यानाकर्षण गराएका छन् ।
कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोल, उपमेयर शुभलक्ष्मी शाक्य ‘सुनिता’ लाई प्रा।डा। चन्द्रमान बज्राचार्यको संयुक्त टोलीले नेपाल भाषामा बि.ए., एम।ए। पी।एच।डीमा छात्राबृतिको व्यवस्था गर्नु पर्ने जोड दिएका छन् ।

उपमेयर शुभलक्ष्मी शाक्य ‘सुनिता’ ले नगरपालिकाले सामुदायिक विद्यालय र निजी विद्यालयमा शिक्षकको व्यवस्था गरेको जनाए । उनले निजी विद्यालयमा नेपालभाषा अनुगमनका क्रममा राराहिल स्कुल, पुष्पसदन स्कुलले सम्पूर्ण निजी विद्यालयमा नेपालभाषा विषय अध्यापन सुरू नगरेको तर पुस्तक सो उपल्ब्ध गराइसकेको जनाइन् । नीजि विद्यालयमा नेपालभाषा अनिवार्य गराउनका लागि कीर्तिपुर नगरपालिकाको शिक्षा विभाग, सर्वसाधारण तथा जनप्रतिनिधिले मिलेर संयुक्त रुपमा काम गरेको खण्डमा मात्रै निजी विद्यालयमा नेपालभाषा अध्यापन कार्य सफल हुने जनाइन् ।
यसैबीच रत्न राज्यलक्ष्मी क्याम्पसका प्रमुख जीवन ज्ञवालीले काठमाडौं महानगरपालिकाको बार्षिक १५ लाख सहयोर्गाथ नेपालभाषा एम.ए. कार्यक्रम रत्न राज्यलक्ष्मी क्याम्पसमा २०७८ सालदेखि निरन्तर रुपमा सञ्चालन भइरहेको उपमेयर शुभलक्ष्मी शाक्यलाई जानकारी गराउँदै भक्तपुर, टोखा र चन्द्रागिरी नगरपालिकाले नेपालभाषा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रावृत्तितको व्यवस्था गराए जस्तै कीर्तिपुर नगरपालिकाले पनि सो व्यवस्था गराउनुपर्ने जोड दिए ।
यसैबीच नेपालभाषा केन्द्रीय विभाग पाटन क्याम्पसका नेपालभाषा शिक्षक डा. बज्रमुनि बज्राचार्यले नीजि विध्यालयमा अनुगमन कार्यमा विज्ञहरू राखेर गर्नुपर्ने, नेपालभाषा शिक्षण कमिटी सकृय बनाउनु पर्ने, नेपालभाषा विषय परिमार्जन गरिनु पर्ने तथा नेपालभाषा शिक्षकहरूलाई तालिमको व्यवस्था मिलाउनुपर्ने कीर्तिपुर नगरपालिकालाई ध्यानाकर्षण गराए ।
कीर्तिपुर नगरपालिकाका सम्पूर्ण निजी विद्यालयमा नेपालभाषा विषय मात्रै किन सञ्चालन नभएको सो विषयमा अध्ययन गरेर कक्षा सञ्चालन गराउनु पर्ने तथा नेपाल भाषामा बि.ए. देखि पि.एच. सम्म छात्रबृत्तिको व्यवस्था गराउनु पर्नेमा कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोललाई डंगोललाई ध्यानाकर्षण गराएका छन् ।























