मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

मार्तडी कोल्टी सडक क्षेत्रमा पर्ने घरहरु भत्काउन सुरु

उमेश रोकाया
२०८१ पुस ७ | मध्यान्ह ०६:०९ बजे

बाजुरा, पुष ०७ । सुदूरपश्चिम प्रदेशको गौरवको सडकका रुपमा रहेको मार्तडी कोल्टी सडकमा पर्ने बुढीनन्दा नगरपालिका-१० पाण्डुसैनमा बजार क्षेत्रमा रहेका घरहरु भतकाउन सुरु गरिएको छ । सडकभित्र पर्ने घर तथा टहराहरुका कारण विगत देखि नै सडक निर्माण कार्य ढिलाइ भएको बेला नगरपालिकाका नगर प्रमुख जनक बोहरा र सडक निर्माण कम्पनी सहितको टोलीले   घर तथा टहरा भत्काउन कार्य सुरु गरेका हुन् । मार्तडी-कोल्टी सडकलाई फराकिलो र दिगो बनाउने गरि वडा नम्बर १० को पाण्डुसैन बजारको सडक एरियाका घरधनीहरूले स्वस्फूर्त रूपमा सडक क्षेत्रमा रहेका आफ्ना घर भत्काएर सडक निर्माणमा सहयोग गरेको नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् ।

मार्तडी- कोल्टी सडक खण्ड अन्तरगत अहिले पाण्डुसैन क्षेत्रको सडकमा डवल कटिङ गर्ने काम भईरहेको छ । मार्तडी देखि कोल्टीसम्मको ४२ किलोमिटर सडक मध्ये मार्तडी देखि चुथीसम्म करिव ९ किलोमिटर सडक कालोपत्रे भएको छ । 
मार्तडी-कोल्टी सडक खण्डको सिलान्यास गरिएको २५ वर्ष पूरा भएपनि अझैसम्म सम्म पुरै पक्की सडक बन्न सकेको छैन् ।

 घर तथा टहरा भत्काउने कार्यमा नगर प्रमुख जनक कुमार बोहरा सहित वडा नम्बर ८ र १० का वडाअध्यक्ष नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्तोष शाहको उपस्थितिमा कोल्टी  मार्तडी सडक अन्तर्गत पर्ने बुढिनन्दा न.पा वडा नः ८ र १० मा पर्ने पाण्डुसैन र चाँफारुख बजारमा रहेका सडकमा पर्ने एवम् सड्कले छोएका घरहरु भत्काउन सुरु गरिएको  बुढीनन्दा नगरपालिकाले जनाएको छ ।

सडक विस्तारमा  तीव्रता दिन प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार शाह,वडा नम्बर ८ का अध्यक्ष केशर बहादुर शाही , वडा नम्बर१० का अध्यक्ष नन्द बहादुर रोकाया, ईलाका प्रहरी कार्यालय कोल्टी प्रमुख प्रहरी निरीक्षक लोकराज अवस्थी, निर्माण व्यवसायी विस्नु रावत लगायतका व्यक्तिहरुको रोहवरमा मार्तडी कोल्टी सडक पिच गर्न यसरी नै अन्य बजार क्षेत्रमा फराकिलो बाटोको लागि काम अगाडी बढाएको नगरपालिकाले जनाएको छ  ।

कमेन्टहरु