अपराध, अर्थ, घटना, तस्कर, देश, प्रदेश, प्रहरी/सुरक्षा, भ्रष्टाचार, मधेश प्रदेश, मुख्य समाचार, समाचार, समाज

वृन्दावनको आँकडपाथरमा एकघरमा दिनदहाडै चोरी

प्रमोद सहनी
२०८१ पुस ५ | मध्यान्ह ०९:०९ बजे

पुष-५ गते/रौतहट 

रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नं.-८ आँकडपाथर स्थित एक घरमा लाखौंको चोरी भएको छ । वृन्दावन नगरपालिका कि, नगर कार्यपालिका सदस्य लालपरि देवि तथा हरूवा चरुवा अधिकार मञ्च रौतहटका अध्यक्ष दशरथ रामको घरम शुक्रबार (आाज) करिब दिउँसो १२ बजेको समयमा चोरी भएको हो। 

रामको ससुराली बारा जिल्ला स्थित कुनै आफन्तको मृत्यु भएको कारणले राम सम्पूर्ण परिवार सहित बारा जिल्ला गएको मौका छोपेर,रामको घरको पछाडि पटिको ढोका खोली घर भित्र रहेको ट्रंक,अल्मारीको ताल्चा तोरेर नगद १ लाख,करिब ६ लाख ५० हजार बराबरको सुन,चाँदीका गहनाहरु र केही लत्ताकपडा लगाएर जम्मा- ८ लाख बराबरको चोरी भएको पिडितका भतिज गोपाल महराले जानकारी गराए।

गोपालले आफन्तको निधन भएको कारण घरको सबै सदस्य बाहिर गरेको र आफुचाहिँ खेतमा गएको जानकारी गराउदै, आफू चोरी भएको केही समय पछि घरमा आउदा ट्रंक तथा आल्मारीको ताल्चा टुटेको र लाता कपडाहरु पनि भुइमा फालेको देखेर हल्ला गरेपछि नजिकका छिमेकीहरुआइ प्रहरीलाई जानकारी गराएको बताए।

received 945653270347777

गोपालले दिन दहारै चोरीगर्ने चोरहरु अन्त तथा टाढाको नभइ छिमेकीहरु मध्येकै कोही हुनसक्ने आशांका गरेका छन् भने सो घटनाको कडा अनुसंधान गरि दोषीलाई समातेर कडा कारबाही गर्नका लागि प्रहरी प्रशासन संग जोडदार माग गरेका छन्।

उता ईलाका प्रहरी कार्यालय गरुडाबाट घटना सथलमा पुगेका प्रहरीले पनि फरार चोरहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्टहरु