देश, प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, राजनीति, शिक्षा, समाचार, समाज, सूचना / प्रबिधि, स्वास्थ्य
हेल्पिङ्ग हैण्ड युथ सोसाइटीको आयोजनामा प्रसौनीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

दिपेन्द्र चौधरी सहनी
प्रसौनी ,बारा
बाराको प्रसिद्ध गैरसरकारी संस्था हेल्पिङ हैण्ड युथ सोसाइटीको आयोजना र प्रसौनी गाउँपालिका तथा विभिन्न शैक्षिक संस्थाको सहयोगमा SEE (एसईई )अभिमुखिकरण तथा व्यक्तित्व विकास सेमिनार -२०८१ कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष राजकुमार गुप्ता उर्फ राज गुप्ताको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रसौनी गाउँपालिकाका मेयर बिनोद प्रसाद जयसवाल ज्युको प्रमुख अथित्वामा भएको थियो।
पर्साका चर्चित मोटिभेसनल वक्ता चन्द्रिका प्रसाद पटेल , डा. बासु लाल कर्ण र संस्थाका संस्थापक सदस्य प्रदिप कुमार साहले सहभागी बिधार्थीहरुलाई प्रशिक्षण दिएका थिए। सयौं बिधार्थीहरुको सहभागितामा उक्त अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
प्रसौनी गाउँपालिकाको सबैभन्दा पुरानो र सबैभन्दा ठुलो विद्यालय श्री बेगा साह मा बि को प्राङ्गणमा गाउँपालिका भित्र रहेको सबै माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई भेला गरि अभिमुखिकरण कार्यक्रम गरिएको हेल्पिङ्ग हैण्ड युथ सोसाइटी संस्थाले जानकारी दिएका छन् ।
कार्यक्रममा विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो । निरन्तर रुपमा कार्यक्रम गर्दै आएका यश संस्थाले यो भन्दा पहिला पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका र पोखारिया गाउँपालिकामा कार्यक्रम गरेको थियो।























