मनाङ केन्द्रबिन्दु बनाएर भूकम्प

नवलपुर टुडे
२०८१ पुस ४ | बिहान ११:०९ बजे

काठमाडौं, पुस ४ । मनाङ केन्द्रबिन्दु बनाएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजे ३७ मिनेटमा मनाङको नेस्याङ केन्द्र बनाएर ४.७ म्याग्निच्यूडको भूकम्प गएको हो।
यसअघि बुधबार बझाङको धामेना केन्द्र बनाएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको थियो।


















