राजनीति

विदेशमा सिकेको सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न मन्त्री भण्डारीको आग्रह

दिप्शन गुरुङ
२०८१ पुस ३ | मध्यान्ह ०८:०९ बजे

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीलाई त्यहाँ सिकेको सीप र आर्जन गरेको सम्पत्ति मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह गरेका छन् ।

दक्षिण कोरियाको पाँचदिने औपचारिक भ्रमणमा रहेका भण्डारीले गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्ले आज आयोजना गरेको स्वागत कार्यक्रममा  ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।
 
उनले भनिन्, “तपाईंहरूले आर्जन गरेको सम्पत्ति ढुक्क भएर नेपालमा लगानी गर्नुस्, नेपाल सरकार पुँजीको संरक्षण र प्रवर्द्धन गर्न प्रतिबद्ध छ ।” विदेशी लगानी भित्र्याउन सरकारले उपयुक्त वातावरण बनाउनका साथै लगानी सुरक्षाको प्रत्याभूति गरेको उनले बताए । उनले लगानी प्रवर्द्धन गर्न बाधक ऐनकानुन संशोधन गरिने प्रतिबद्धता पनि व्यक्त गरेको मन्त्री भण्डारीको निजी सचिवालयले जनाएको छ ।  
 
गैरआवासीय नेपालीहरूले मन्त्री भण्डारीसमक्ष नेपालमा लगानी भित्र्याउन आफूहरू तयार रहेको र नेपाल सरकारले लगानी संरक्षणको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिएका थिए । 

कमेन्टहरु