सुदुरपश्चिम प्रदेश

बझाङमा भूकम्पको धक्का

नवलपुर टुडे
२०८१ पुस २ | मध्यान्ह ०७:०९ बजे

बझाङ, पुस २ । बझाङमा भूकम्पको धक्का महसुस भएको छ । आज साँझ तलकोट गाउँपालिकाको धमेना नजिक ४।३ रिक्टर स्केलको भूकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का जिल्लाभर महसुस भएको थियो । केन्द्रका अनुसार तलकोट, रूपातोला र धमेनाको बीचको क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प भएको हो । भूकम्पबाट क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर जोशीले बताउनुभयो ।

कमेन्टहरु