घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

भिरबाट लडेर घाइते चदारा उपचारको क्रममा मृत्यु

उमेश रोकाया
२०८१ पुस २ | मध्यान्ह ०२:०९ बजे

बाजुरा, पुष ०२ । जिल्लाको बडीमालिका नगरपालिका ९ चौराटाका महाबीर चदाराको उपचारको क्रममा मृत्यु भएको छ। सोही नगरपालिका ८ मा रहेको कैलाशपुर सामुदायिक वनमा दाउरा काट्ने क्रममा लडेर गम्भीर घाइते भएका चदाराको उपचारका क्रममा मृत्यु भएको हो। दाउरा काट्ने क्रममा मंसिर ३० गते भीरबाट लडेर गम्भीर घाइते भएका थिए । जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रिफर गरिएको थियो ।

धनगढीस्थित मायामेट्रो अस्पतालबाट उपचार सम्भव नभएको भन्दै घर पठाएपछि गृह जिल्ला ल्याउने क्रममा कैलालीको अत्तरियामा मृत्यु भएको आफन्तले बताएका छन् । जिल्ला अस्पतालमा बाजुरामा उपचार सम्भव नभएपछि धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचारका लागि रिफर गरिएको भएपनि डाक्टरले उपचार सम्भव नभएको भन्दै फिर्ता गरेको बुझिएको छ।

कमेन्टहरु