गण्डकी प्रदेश

तनहुँको आँबुखैरेनीमा चितुवाको त्रास

रासस
२०८१ मंसिर ३० | बिहान ०९:०८ बजे

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ का पानीघट्टा, आपचौतारा, चोकचिसापानी क्षेत्रमा दिनहुँ चितुवा देखिन थालेपछि यहाँका स्थानीय त्रसित भएका छन् । पानीघट्टा क्षेत्रमा साँझपख चितुवा देखिएपछि स्थानीयवासी त्रसित भएका वडाध्यक्ष दिनेश केसीले बताए ।

स्थानीयलाई आक्रमणबाट जोगाउन डिभिजन वन कार्यालयसँगको सहकार्यमा ती स्थानमा खोर राख्ने प्रयास थालिएको उनले जानकारी दिए । उनले ती क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरेका छन् । चोकचिसापानीमा यसअघि एउटा खोर राखिएको थियो ।

गएको शुक्रबार चोकचिसापानीमा दुई चितुवा देखिएका थिए । एउटा चितुवालाई लामो समयसम्म रुखमा देखिएकोे स्थानीय प्रसन्न अधिकारीले बताए ।

यसैबीच, वन कार्यालयले राति घरगोठ उज्यालो राख्न, एक्लै नहिँड्न, बालबालिका तथा वृद्धको विशेष ख्याल गर्न अनुरोध गरेको छ । 

कमेन्टहरु