मुख्य समाचार, समाचार, समाज, सुदुरपश्चिम प्रदेश

किउडी गाउँमा विद्युत लाइन विस्तार गरेर गरिने

उमेश रोकाया
२०८१ मंसिर २९ | मध्यान्ह १०:०८ बजे

बाजुरा, मंसिर २९ । हिमाली गाउँपालिका वडा नम्बर ५ को किउडी गाउँमा विद्युत लाइन विस्तार गरिने भएको छ। हिमाली गाउँपालिका वडा नम्बर २ नातिखोला जलविद्युत आयोजना १ सय १३ किलोवाट विद्युतलाई साबिक बिच्छया गाबिस हाल वडा नम्बर १,२ र ३ का ६ सय घरधुरी लगायत हिमाली उज्यालो बनाउन अभियान संगै किउडी गाउँमा पनि एक वर्ष भित्र विद्युतको लाइन विस्तार गरि उज्यालो गर्ने उद्देश्यले हिमाली गाउँपालिका र कादुरी सस्था बिच समन्वय गरिएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो।

अबको १ वर्ष भित्र हिमाली गाउँपालिका उज्यालो बनाउन अभियानको दौरानमा रहेकोे छु। अरु सबै ठाउँ विद्युत जडान गरिसकेको छ। वडा नम्बर ६ को बोल्डिक र धिम गाउँमा गएको आर्थिक वर्षमा विद्युतको लाइन विस्तार गरिसकेको छ। केहि महिना पछि गाउँमा बिजुली झिल्लीमिली गर्ने तरिकाले काम गरिरहेको छ। आफ्नो कार्यकालमा कुनै ठाँउमा अध्यारो गाउँ बस्तीहरुलाई उज्यालो गर्ने हिसाबले लागेको अध्यक्ष मल्लले बताए।

हिमाली गाउपालिका र कादुरी सस्थाको सहकार्यमा हिमाली गाउँपालिका वडा नम्बर ५ किउडी गाउँमा बिधुत लाइन जडान गर्ने कार्य दुबै पक्ष बीच कुराकानी गरिएको छ। गाउँपालिकाको बजेट नभ्याउने हुँदा निर्माणधीन नातिखोला जलविद्युत आयोजनाको बत्तिलाई किउडी गाउँसम्म लाइन जोडेर उज्यालो गर्ने कुरा सहमत भएको छ। त्यो संगै साबिक बिच्छ्या गाविस हाल हिमाली गाउँपालिका वडा नम्बर १, २ र ३ का वडामा ४ वटा झुलगे पुल निर्माणकार्य हुने गरि दुबै पक्षमा सहमति गरिएको हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताउनुभयो।

गाउँमा बिजुली बत्ती जोड्ने सहमति भएपछि गाउँका सर्वसाधारण खुशी भएका छन। अहिलेसम्म गाउँमा सोलार टुकी प्रयोग गरेर घरमा उज्यालो गर्ने गरेका छन। अब एक वर्ष भित्र विद्युत लाइन विस्तार गरेर किउडी गाउँमा बिजुली बत्ती झिल्लीमिली गर्ने उद्देश्यले लागिपरेका छौँ। पालिका धेरै ठाउँमा विद्युत सञ्चालन ल्याएर अध्यारो बस्ती आजभोलि उज्यालोमा बस्ने गरेका छन। पालिकाको ५०/६० प्रतिशात घरधुरी विद्युतको पहुँचमा रहेकोे छन।

कमेन्टहरु