अपराध, घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बाजुरामा एक वालिकाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

उमेश रोकाया
२०८१ मंसिर २९ | बिहान ०८:०८ बजे

बाजुरा, मंसिर २९ । बाजुरामा ८ बर्षकी वालिकाको हत्या भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका २ नडाङमा अन्दाजी ८ बर्षीय विनिता नेपालीको हत्या भएको हो ।मानसिक सन्तुलन ठिक नभएका सोहि गाउँका अन्दाजी ४८ बर्षका नन्दे सनइले वालिकाको धारिलो हतियार प्रहार गरी हत्या गरेको जनाएको छ । शुक्रवार साँझ सनइले वालिकाको घाँटी काटी हत्या गरेर वालिकाको टाउको साथमा लिएर आफ्नै घरमा रहेको सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै आरोपित व्यक्तिबाट एक थान हसिया, एक थान बन्चरो र एक कोदालो बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। वालिकाको शव हिजो राति नै ल्याएर जिल्ला अस्पतालमा राखिएको र घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु