पत्रकार महासंघ बागमती प्रदेशको अध्यक्षमा प्रेस सेन्टरका कृष्ण सारुमगर विजयी

नवलपुर टुडे
२०८१ मंसिर २९ | बिहान ०५:०८ बजे

काठमाडौँ । पत्रकार महासंघ बागमती प्रदेशको अध्यक्षमा प्रेस सेन्टर नेपालका उम्मेदवार कृष्ण सारू मगर विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनमा सारु अध्यक्षमा निर्वाचित भएका हुन् ।
सारुले ४३५ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी शिव देवकोटाले ३२६ मत ल्याएका छन् । देवकोटा प्रेस युनियन र प्रेस चौतारी गठबन्धनबाट चुनाव लडेका थिए । बागमती प्रदेशमा ७६१ मत गणना भएको छ भने सिन्धुलीको मतगणना जारी छ ।
सिन्धुलीको मत गणना गर्नुअघि नै उनी विजयी घोषित भएका हुन् ।























