नेपाल प्रहरीका दश डीआईजीको सरुवा

नवलपुर टुडे
२०८१ मंसिर २८ | बिहान ०७:०८ बजे

काठमाडौं । नेपाल प्रहरीका दश प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार सरुवा हुनेमा दुर्गा सिंह, कुबेर कडायत, रवीन्द्र केसी, चन्द्र कुबेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य छन् ।
यस्तै सरुवा हुने बाँकी डीआईजीमा अर्जुन चन्द ठकुरी, दानबहादुर कार्की, डा. मनोज कुमार केसी र राजन अधिकारी छन् ।




















