नवलपरासी पश्चिमकाे प्रतापपुर गाउँपालिका वडा नं.-८ मा रहेको सौजन्य साना किसान कृषि सहकारी संस्थाकाे नवौ वाषिर्क साधारणसभा सम्पन्न भएकाे छ ।

नवलपरासी पश्चिमकाे प्रतापपुर गाउँपालिका वडा नं.-८ मा रहेको सौजन्य साना किसान कृषि सहकारी संस्थाकाे नवौ वाषिर्क साधारणसभा सम्पन्न भएकाे छ ।
संस्थाका अध्यक्ष राजेश सिंह थापाकाे अध्यक्षता र प्रतापपुर गाउपालिकाकाे अध्यक्ष उमेश चन्द्र यादवको प्रमुख अतिथ्यता तथा प्रतापपुर गाउँपालिका उपाध्यक्ष मानकुमारी चौधरी प्रतापपुर गाउँपालिका वडा नं.-८ का वडाध्यक्ष सन्तोष राजभर , वडा नं.-६ का वडाध्यक्ष केशव प्रसाद अधिकारी , वडा न.- ८ का पुर्व वडा अध्यक्ष कादिर अलि त्रिवेणी साना कृषि सहकारी संस्था त्रिवेणी प्रबन्धक सरिता भुसालको संगालो कृषि सहकारी संस्थाका प्रबन्धक राजेश प्रसाद कोइरी विशिष्ट अतिथ्यतामा शुभकामना दिँदै कार्यक्रम सम्पन्न भएकाे हाे ।
साधारण सभामा शुभकामना मन्तब्य दिँदै प्रमुख अतिथि यादवले सौजन्य साना किसान कृषि सहकारी संस्थाले यस क्षेत्रका किसानहरुको कल्याण गरेको अनुभुति भएको बताएका र सना किसान सहकारी संस्थालाई स्वास्थ बिमा कार्यक्रम सहकारी मार्फत संचालन गर्न आग्रह गर्नु भयो । सहकारी संस्थामा आबद्ध भई आफ्ना आर्थिक कारोबार सहकारी मार्फत नै गर्नुपर्नेमा उनलेे जोड दिइन् ।
कार्यक्रमा ०८०/०८१ सालको कुल आमदानी ७३लाख १३ हजार ३६३सय ०२ पैसा रहेको छ भनेर कुल खर्च ७२लाख ६३हजार१८५ सय ५२ पैसा प्रस्तुत गरिएको थियो । सो सहकारी संस्थाको कुल शेयर सदस्य ६४८ रहेको संस्थाको ब्यवस्थापक रमेश्वर कोईरीले जानकारी दिए























