मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

पर्यटन मन्त्री पाण्डेलाई गृह पालिकामा भब्य स्वागत

उमेश रोकाया
२०८१ मंसिर २६ | मध्यान्ह ०३:०८ बजे

बाजुरा, मंसिर २६ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बर्दी प्रसाद पाण्डे गृह पालिकामा भब्य स्वागत गरेका छन। मन्त्री पद ग्रह गरिसकेपछि पहिलोपटक आफ्नो गृह पालिका हिमाली गाउँपालिका आएका हुन। बाजुरा जिल्ला विभिन्न पालिका भेटघाट गर्दै बुधबार दिउँसो हिमाली गाउँपालिका धुलाचौरमा बाजागाजा सहित दोसल्ला ओढाएर स्वागत गरेका छन।

गृह पालिका जन्मेका मन्त्री पाण्डे पदमा देख्दा स्थानीय सबै खुशी व्यक्त गरेका छन। हिमाली गाउँपालिकाले पनि मन्त्री पाण्डेलाई पालिकाको तर्फबाट स्वागत कार्यक्रम गरेको छ। पिछडिएको जिल्ला बाजुरा त्यसमा पनि भौगोलिक विकट परेको पालिका विकास निकासलाई केन्द्र सम्म पुर्‍याउन अपेक्षा समेत गरेको छन।

कमेन्टहरु