माओवादी केन्द्र विहादीको अध्यक्षमा पुनः दोस्रोपटक ऋषि भुसाल

अमृत भट्टराई
पर्वत । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) विहादि गाउँपालिकाको दोस्रो गाउँपालिका सम्मेलन तथा भ्रष्टाचार बिरुद्धको खबरदारी सभा बिहादी गाउँ पालिका वडा नम्बर ३ रानीपानीको पोखराचौरमा सम्पन्न भएको छ ।
दोस्रो सम्मेलनले सम्मेलनले पुनः ऋषि भुसालको अध्यक्षतामा ३५ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा टेकबहादुर थापा, टेकबहादुर बस्याल, ज्ञानु गिरी, सचिवमा जीवलाल पराजुली, सहसचिवमा वैकुण्ठ केसी र कोषाध्यक्षमा सुनिता पौडेल लगायत ३५ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको हो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय उप महासचिव जनार्दन शर्मा ‘प्रभाखर’ले फोनबाट सम्बोधन गर्दै माआोवादीको पक्षमा जनलहर सिर्जना हुन थालेको बताए । उनले सुशासन र समृद्धिको पक्षमा माओवादी मात्र रहेकाले साथ दिन सबैलाई आग्रह गरे । उनले सम्पूर्ण वामपन्थी र क्रान्तिकारी सक्तीहरू विकास र परिवर्तनका पक्षमा धुर्विकरण हुन आवश्यक रहेको बताए ।
यस्तै मनोनयन भएपश्चात् अध्यक्ष ऋषि भुसालले सिङ्गो विहादीलाई नयाँ उचाइमा पु¥याउन जनताका घरदैलोमा गएर हरेक समस्याहरू सुन्ने र समाधानमा लाग्ने प्रतिबद्धता जनाए । उनले गाउँको विकासमा फुटेर नभएर जुटेर लाग्न आग्रह गरे । भुसालले विहादीलाई माओवादीको लाल किल्ला बनाउने बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य सुदिप कुवर , केन्द्रिय सल्लाहकार जयनारायण तिवारी ,तात्कालिन जन सरकार प्रमुख गण्डकी प्रदेश उपाध्यक्ष तथा संविधान सभा सदस्य गुणाखर बस्याल , गण्डकी प्रदेश सचिवालय सदस्य तथा र्राष्ट्रिय सभा सदस्य मनरुपा शर्मा , गण्डकी प्रदेश सदस्य तथा जिल्ला संयोजक उमाकान्त भुर्तेल , विहादि गाउँपालिका का अध्यक्ष तथा नेपालि काँग्रेस पर्वतका नेता परविन गुरुङ , नेकपा एमाले का नेता तथा बिहादि गाउँपालिका का संस्थापक अध्यक्ष कमल प्रसाद भुसाल , गण्डकी प्रदेश कमिटी सदस्य तथा विहादि गाउँपालिका इन्चार्ज हरि पौडेल , लुम्बिनी प्रदेश कमिटी सदस्य तथा गुल्मीको कालीगण्डकी गाउँपालिका इन्चार्ज लिलबहादुर केसि संजय , उपाध्यक्ष महिला नेतृ मन्जु कुमारि दर्लामि मगर , गल्याङ नगर कमिटी अध्यक्ष चित्र बहादुर राना , पैयु गाउँपालिका का अध्यक्ष रेशम सापकोटा लगायत प्रदेश , जिल्ला र गाउँपालिकाका पदाधिकारी तथा सदस्यहरु को उपस्थित रहेको थियो ।
कार्यक्रमको अन्तमा अध्यक्ष सहित नवनिर्वाचित सबै सदस्यहरुलाइ जनता सङ जनताको घरदैलोमा निरन्तर आउने र जनताको गुनासो सुन्ने र समाधान गर्ने प्रयासमा लाग्ने प्रतिबद्ध समेत ब्यक्त गरेको अध्यक्ष भुसालले बताए ।























