माओवादीको ध्यान सरकारतिर होइन, जनतातिर छ : प्रचण्ड
दिप्शन गुरुङ
२०८१ मंसिर २५ | मध्यान्ह ०२:०८ बजे

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको ध्यान जनताका विकासका चाहना पूरा गर्नतर्फ केन्द्रित भएको बताएका छन् ।
आज चितवनमा पत्रकारसँगको कुराकानीमा उनले माओवादी केन्द्रको ध्यान सरकार परिवर्तनतर्फ नभई जनताका विकासका आकांक्षा कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित रहेको बताए ।
उनले, “हाम्रो ध्यान सरकारतिर छैन, हाम्रो ध्यान जनतातिर छ । जनतालाई परिचालन गर्नेतर्फ नै छ । सरकारका कामको खबरदारी गरिररहन्छौँ ।”
फरक प्रसंगमा उनले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) नेपालको हितमा रहेको पनि बताए ।























