राजनीति

गिरिबन्धुको फाइल खोल्न थालेपछि सरकार फेरियो: अध्यक्ष प्रचण्ड

नवलपुर टुडे
२०८१ मंसिर २५ | मध्यान्ह ०५:०८ बजे

उनले भने, ‘मैले दोस्रो चरणमा गिरिबन्धु, सर्वोच्च अदालतले पनि आदेश दिइसकेको थियो। र म गिरिबन्धुको फाइल खोल्ने अन्तिम तयारीमा थिएँ। र अहिले गिरिबन्धुको भ्रष्टाचार रोक्नको लागि सरकार सम्पूर्ण शक्तिको साथ अघि बढेको छ। हामी सबैले यसमा खबरदारी गर्न जरुरी छ। गिरिबन्धुमा सर्वोच्चको फैसला कार्यान्वयन हुनुप¥यो। त्यहाँ भएको भ्रष्टाचारको फाइल खोलिनुप¥यो। उनीहरुमाथि कारबाही गर्नुप¥यो। यहाँ अर्बौं भ्रष्टाचार गर्नेहरु, देशभित्र बाहिर सम्पती राखेको आरोप आइराखेको छ। त्यसलाई छानविनमा सहयोग गर्नुपर्ने ठाउँमा झनै भ्रष्टाचारलाई अझ बढावा दिने जो काम भइरहेको छ । हामी त्यसको निम्ति यो खबरदारी सभाहरुमार्फत सरकारलाई खबरदारी गरी नै रहेका छौँ।’

कमेन्टहरु