सामुदायिक अस्पतालको चरम लापरबाहीले एक महिलाको मृत्युु ।


दोलखा, सामुदायिक अस्पतालको चरम लापरबाहीले एक महिलाको मृत्युु भएको छ ।
भदौ १७ गते हष्पिटलमा भर्ना भएका अमृति थामी । कालिञ्चोक गाउँपालिका वडा नम्बर १ निवासी उपचार गर्नेक्रममा मृत्युु भएकि छिन् । भर्ना भएको ४ घण्टामा मृत्युु भएकी थिईन । न त पोष्टमाटम गरियो नत निश्पक्ष छानवीन । रात धेरै गएकाले शव ब्यबस्थापन गर्न गाह्राे भएकाले शव विहान चलाउने सल्लाह भए लगत्तै केही ब्यक्ति बसेर बाँकी ब्यक्तिहरु साथिहरु लिएर विहान आउने निर्णय लिएर फर्केका थिए तर अस्पतालले सम्बन्धित ब्यक्तिलाई थाहानै नदिई शव PSC अस्पतालमा लगिएको थियो । उक्त महिला कोरनाको कारण मृत्युु भएको भन्दै कसैलाई हेर्न र छुन सम्म नदिई शव दहन गर्न दवाव गरिएको थियो । आफन्तले भने यो अस्पतालको गैरजिम्मेवारीका कारण घट्ना घटेको जनाएको छ । मृतकका छोराछोरीलाई पनि कोरना संक्रमण भएको भन्दै क्वारेनटाईनमा दवाव स्वारुप राखिएको थियोे भने छोराछोरीलाई अाफन्तलाई भेट्न बञ्चित गरिएको थियोे । वास्तवमा अहिले मृतकको कोरनाको कारण मृत्युु भएको अहिले सम्म कुनै आधिकारिक प्रमाण नभएको स्रोतको दावि छ ।


















