दुर्घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
बाजुरा स्कारपियो दुर्घटनामा दुई जनाको मृत्यु तीन घाइते


बाजुरा, मंसिर २४ । जिल्ला सदरमुकाम मार्तडीमा आइतबार दिउसो स्कारपियो दुर्घटना हुँदा एक जनाको घटनास्थल र एक जनाको जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भएको छ । भने तीन जना घाइते भएका छन् ।बडीमालिका नगरपालिका–८ मा रहेको मालिका मन्दिरमा दर्शन गरेर फर्किने क्रममा मार्तडी कोल्टी सडक खण्डमा पर्ने अपी होटल नजिकै सु प प्र ०१ ००१ च ४३१६ नम्बरको स्कारपियो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा कन्चनपुर जिल्ला भीमदत्त नगरपालिका १७ की ३१ वर्षीय गायत्री पन्त रहेकी छन् । यस्तै दुर्घटनामा घाइते भएर उपचारमा रहेकी सोही जिल्ला भीमदत्त नगरपालिका १८ की राधिका भट्टको मृत्यु भएको छ । स्कारपियो दुर्घटनामा परी घाइते हुनेमा शिक्षा विकास तथा समन्वय इकाई कार्यालय बाजुराका कार्यालय सहयोग गौमुल गाउँपालिका–४ बस्ने २५ वर्षीय रमेश धामी,कन्चनपुर जिल्ला कृष्णपुर ५ गुलरियाका मोहनदेव भट्ट र भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार घटनामा परेर मृत्यु भएकाको पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको बताए । घटनामा परेर घाइते भएका तीन जनाको जिल्ला अस्पताल बाजुराका उपचार भइरहेको छ । घटनामा परेर घाइते भएकाको हेलिकप्टर मार्फत सुविधा सम्पन्न अस्पताल लैजाने गरी पहल पनि भइरहेको छ ।























