दुर्घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
इन्टरनेट जडानका लागि सवार गाडी दुर्घटना ७ जना घाईते

उमेश रोकाया
२०८१ मंसिर २३ | मध्यान्ह ११:०८ बजे

बाजुरा, मंसिर २३ । जिल्लाको हिमाली गाउँपालिका वडा न ६ स्थित धिम गाउँमा जिप दुर्घटना हुदा ७ जना घाईते भएका छन । धिममा एभरेष्ट इन्टरनेटको नेट जडानका लागि १३ जना सवार रहेको गाडी अनियन्त्रीत भई दुर्घटना भई ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
घाईते ७ जनाको उद्धार गरि कोल्टी अस्पतालमा उपचारका लागि ल्याईएको प्रहरीले जनाएको छ । घटनामा परेका घाईतेको सनाखत हुन बाकी रहेको प्रहरीले जनाएको छ । गाडी अनिनयन्त्रीत भइ सडकमै पल्टीएकाे प्रहरीले जनाएकाे छ।


















