समाज, स्वास्थ्य

विजयनगरमा बृहत रक्तदान : एक सयबढीले गरे रक्तदान

धर्मेन्द्र कुमार कुर्मी
२०८१ मंसिर २३ | बिहान ०६:०८ बजे

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा बृहत् रक्तदानमा कार्यक्रम गरिएको छ । शनिबार भएको रक्तदानमा १ सय ३० जनाले रक्तदान गरेको आयोजकले जनाएको छ ।

राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटीको आयोजना, गाउँपालिकाको सहयोग र नेपाल रेडक्रस सोसाइटी बुटवल-रुपन्देहीको प्राविधिक सहयोगमा वडा नम्बर ६ बद्धौरमा अवस्थित विजयनगर आधारभूत अस्पतालमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो।

रगत अभावले कसैले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले रगत दान गरेका युवा संघ विजयनगर गाउँ कमिटीका अध्यक्ष तौलेश्वर खटिकले जानकारी दिए ।

photo 2024 12 08 06 15 09 photo 2024 12 08 06 15 09 1

कमेन्टहरु