लागु औषध ब्राउन सुगरको कुख्यात भारतीय तस्कर हुसैन बारा प्रहरीको नियन्त्रणमा

बारा, २२ मंसिर / लागु औषध ब्राउण सुगर अर्थात लागु औषधमा सबै भन्दा बढी मुल्यमा बिक्रि बितरण हुने गरेको ब्राउन सुगरको कुख्यात तस्करलाई बारा प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । बिगत लामो समयदेखि फरार सुचिमा रहेको लागु औषधको कुख्यात तस्कर जाकिर हुसैनलाई बारा प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो ।
इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक सुरेशराज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले एल.एस.न्यूरो अस्पतालको अगाडीबाट नियन्त्रणमा लिन सफल भएको बारा प्रहरीले जनाएको छ । प्रहरीले जानकारी दिए अनुसार लागु औषध ब्राउन सुगर मुद्दाको अनुसन्धानको क्रममा सम्मानित बारा जिल्ला अदालत कलैयाको असार १४ गतेको पत्र आदेशले वारदात पश्चात फरार रहेको प्रतिवादी हुसैनलाई पक्राउ गरिएको बताए । भारतको विहार राज्य मोतिहारी जिल्ला नकरदेही थाना वडा नम्बर २ माल टोल बस्ने ५० बर्षिय जाकिर हुसैनलाई इलाका प्रहरी कार्यालय प्रसौनीको टोलीले नियन्त्रणमा लिएको बारा प्रहरीले जानकारी दिएको छ । बिशेष सुचनाको आधारमा प्रहरी निरीक्षक सुरेशराज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले परवानिपुर गाउपालिका वडा नम्बर ५ स्थित संचालनमा रहेको एल.एस.न्यूरो अस्पतालको मुल गेट अगाडीबाटै नियन्त्रणमा लिन सफल भएको बारा प्रहरीले जनाएको छ ।
भारतको बिहार राज्य मोतिहारी जिल्ला नकरदेही थाना वडा नम्बर २ कै कुख्यात लागु औषध ब्राउन सुगरका तस्कर असलम भनिने भारतमै पक्राउ भए लगतै जाकिर हुसैन लागु औषध कारोवारको गदी सम्भालेको चर्चाको बिषय बनेको थियो । तर जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खडकाको ठाडो निर्देशनले कुख्यात लागु औषध तस्कर जाकिर हुसैनलाई नियन्त्रणमा लिन सफल भए पश्चात बारा प्रहरीको चौतर्फी प्रशंसा हुन थालिएको छ । नेपालमा बढ्दै गएको लागु औषध दुव्र्यसनीले हजारौ नेपाली युवाहरुको भविष्य अन्धकारमा बित्न थालेको कारण पनि पक्राउ परेका हुसैन माथि नै आरोप लाग्न थालेको हो ।
यस बिषयमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खडकाले सम्मानित बारा जिल्लाको आदेशमा जाकिर हुसैनलाई पक्राउ गरिएको र थप अनुसन्धानका लागि बारा जिल्ला अदालतमा बुझाउने प्रतिकृया दिएका छन ।


















