अर्थ, देश

दमकमा बन्यो बहुपयोगी १८ तले भवन, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन हुँदै

दिप्शन गुरुङ
२०८१ मंसिर २२ | मध्यान्ह ०५:०८ बजे

झापा । झापाको दमकमा बहुपयोगी १८ तले भवन निर्माण भएको छ । दमक नगरपालिका–३ दापगाछीमा रु. एक अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार उद्घाटन गर्ने कार्यक्रम छ ।

 

प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि भवन निर्माणको शिलान्यास गरेका थिए । यसैबीच, प्रधानमन्त्री ओलीले मेचीनगर– ४ बाहुनडाँगीस्थित मानव आश्रम भवनको भोलि नै उद्घाटन गर्ने कार्यक्रम छ । उनका साथ प्रथम महिला राधिका शाक्य पनि भवन उद्घाटन कार्यक्रममा सहभागी हुने नगर प्रमुख गोपाल बुढाथोकीले बताए ।

कमेन्टहरु