तस्कर

भैरहवाबाट ४ लाख भन्दाबढी मुल्य बराबरको अबैध सामान बरामद

नवलपुर टुडे
२०८१ मंसिर २१ | मध्यान्ह ०६:०८ बजे

बुटवल, मंसिर २१ । रुपन्देहीबाट अबैध सामान बरामद गरिएको छ । वडा प्रहरी कार्यालय भैरहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले शुक्रबार सिद्धार्थनगर नगरपालिका- ८ अञ्चलपुरस्थित चेकजाच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी
निकासी/पैठारी गरी ल्याएको अबैध सामान नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका सामानहरु साडी ७८ पिस, सुट १६३ पिस, बेल्ट ७२ पिस र कस्मेटिक सामान तथा किरानाका सामानहरु रहेका छन । उक्त बरामद सामानको अन्दाजी मूल्य रु. ४,५०,६४०।- बरावरको रहेको निमित्त कार्यालय प्रमुख एवम प्रहरी नायब उपरीक्षक नविन पौडेलले जानकारी दिएको छ ।

बराम्द सामान आवश्यक कारवाहीका लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको पौडेलले बताए ।

कमेन्टहरु