मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
बाजुराका भेडाहरु बेसीतिर


बाजुरा, मंसिर २१ । जाडोयाम सुरु भएसँगै बाजुराका भेडीगोठ औलतिर सर्न थालेका छन् । चिसो बढेसँगै लेकमा अत्यधिक चिसो बढ्ने हुँदा बाजुराका भेडाबाख्रासहित भेडीगोठहरु बेसीतिर सर्न थालेका हुन् । देशैतिहार सकिए लगत्तै बाजुराको विभिन्न भेगमा राखिएका भेडाबाख्रा यती बेला औंल तीर झार्ने गरिएको छ । बिषेश गरि भोटेसमुदाय तथा अन्य समुदायका नागरिकहरुले जाडोयामको समयमा भेडाबाख्रा औंलतीर लिने गरेका छन् । यहाँका भेडीगोठहरु ६ महिना औंलतीर झर्ने र ६ महिना लेखमा सारिने गर्छन् । बाजुराको दूई पालिका बाहेक ६ पालिकामा भेडा पाल्ने गरिएको छ । उत्तरी क्षेत्रका हिमाली, बस्वामिकार्तिक, जगन्नाथ गाउँपालिका र बुढिनन्दा नगरपालिका यता बडीमालिका र गौमुल गाउँपालिकामा किसानहरु भेडापालन व्यवसाय गर्दै आउनु भएको छ ।
हिँउदको समयमा अत्याधिक मात्रमा जाडो हुने,हिँउ पर्ने र भेडाबाख्रालाई चरन कम हुने भएका कारण यो समयमा औंलतीर झाँर्ने गरिएको स्वामिकार्तिक खापर गाउँपालिका भेडापालक मनसुरु बुढाले बताउनुभयो। उहाँका अनुसार हिउँदको मंसिर देखी चैत्र सम्म यहाँ भेडालाई चरन नहुने र अत्याधिक मात्रमा हिउँ र चिसो हुनेभएका कारण भेडीगोठ औंलतीर सार्ने गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,यो पाँच महिनाको अवधीमा छिमेकी जिल्ला अछाम,बझाङमा लिने गरेका छौँ ।
यो पाँच महिनामा भेडा औंलतीर लिएर असी हजार भन्दा माथीको पुर्जी तिरेर भेडाबा्रखालाई चरिचरन गर्नमिल्छ,नत्र नमिल्ने गरेको उहाँले भन्नुभयो । आम्दानी कम भएपनि यो जाडोयामको समयमा यहाँ लेखतीर समस्या हुने भएका कारण औंलतीर लिनैपर्ने बाध्यता हुन्छ उहाँले बताउनुभयो । भेडाहरू बेसी झारेसँगै किसानहरूले ऊन काट्ने गर्छन् । भेडाको ऊनबाट राडीपाखी लगायत थुप्रै समाग्री बनाउन प्रयोग गर्ने गरिएको छ । बनाएका सामग्री गाउँघर तथा बिदेशी पर्यटकले लिएर जाने गरेको उहाँले बताउनुभयो ।
बाजुरामा एकलाख दुईहजार भेडाबाख्रा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराका सुचना अधिकारी जगत थापाले बताउनुभयो । उहाँका अनुसार २१ हजार भेडा र ८१ हजार बाख्रा बाजुराकामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो,करिब पचाँस प्रतिशत बढी भेडाबाख्रा यो जाडोयामको पाचँ महिनाको समय अवधिमा जिल्ला बाहिर जाने अनुमान गरिएको छ।























