समाचार

कपिलवस्तुकाे विजयनगरमा पनि मनाइयो महिला स्वास्थ्य स्वयंसेवीका दिवस

दिप्शन गुरुङ
२०८१ मंसिर २० | मध्यान्ह ०८:०८ बजे

धर्मेन्द्र चौधरी

कपिलवस्तु । कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा पनि सामुदायिक महिला स्वास्थ्य स्वयंसेवीका दिवस मनाइएको छ । देशभर स्वयंसेवीका दिवस मनाइ रहँदा गाउँपालिकाकाे स्वास्थ्य शाखाकाे आयाेजनामा महिला स्वास्थ्य स्वयंसेवीकाहरुसँग बृहत अन्तरक्रिया कार्यक्रम गरेर भव्य रुपमा साे दिवस मनाइएको हाे । निस्वार्थ भावना लिएर अहराेरात्र खटेर नागरिककाे स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका स्वास्थ्य स्वयंसेविकालाई बिहिवार दिवसकाे अवसरमा फूलामाला र टीका लगाई सम्मानसमेत गरिएको आयाेजकले जनाएको छ ।

कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले थाेरे सेवा सुविधाले नागरिककाे स्वास्थ्यलाई मध्यनजर गर्दै दिनरात खटिएका स्वयंसेविकाहरुकाे सेवा सुविधा बढाउन गाउँपालिकामा पहल भइरहेको बताइन् । उनले वडाहरुले आफ्नै वडाकाे बजेट स्वास्थ्य स्वयंसेविकालाई सम्मान र सेवा दिएकाे भन्दै सबै वडामा पालिकाले एकरुपता ल्याउनुपर्नेमा जाेड दिइन् ।

स्वयंसेवीकाहरुकाे सेवासुविधाकाे बारेमा पालिकाकाे कार्यपालिकामासमेेत छलफल भएको बताएको बताउँदै काेष खडा गरेर सेवा प्रदान हुनुकाे साथै यसले दिगो रुपमा अगाडी बढ्ने गरि लाग्ने साेँचेले आवश्यक कदम चाल्ने विषयमा गहन छलफल भएको उनले बताइन् । जस्तो सुकै अवस्थामा स्वयंसेवीकाहरुकाे सक्रियता बढी देखिएकाे भन्दै प्रशंसासमेत गर्दै स्वास्थ्य स्वयंसेविकाकाे मागलाई गाउँपालिकाले सम्बाेधन गरिने उपाध्यक्ष चाैधरीले प्रतिबद्धतासमेत जनाइन् ।

यस्तै ७ का वडा अध्यक्ष दिनेश कुमार चाैधरीले नागरिककाे स्वास्थ्यमा स्वयंसेवीकाहरुले निर्वाह गरेका कार्य अतुलनीय रहेकाे बताएका छन् । सरकारले स्वयंसेविकाकाे जिम्मेवारी अनुसार सेवा सुविधा न्यून भएकाे बताउँदै सुविधा बढाउनुपर्नेमा उनले जाेड दिए । उनले प्रत्यक्ष रुपमा नागरिकसँग जाेडिएर महिला र बालबालिकाहरुकाे स्वास्थ्यलाई ख्याल गर्दै स्वास्थ्य चाैेकी, अस्पतालसम्म पुर्याउन अहम भूमिका रहेकाे भन्दै स्वयंसेवीकाहरुकाे याेगदानकमे प्रशंसासमेत गरे ।

यसैगरी स्वास्थ्य शाखा प्रमुुख यज्ञ प्रसाद अधिकारीले स्वयंसेविकाले सेवासुविधा पाउनेपर्ने कुरामा निराश हुनुपर्ने कुरा नभएको बताएका छन् । स्वयंसेवीकालाई सम्मान, प्राेत्साहन र सक्दाे उपलब्ध भएको सुविधा प्रदान गर्दै बताउँदै सिमित स्राेत साधनका बावजूद हाैेसला स्वरुप सक्दाे सेवन सुविध वृद्धि गरि उपलब्ध गराउने प्रयासमा गाउँपालिकाले लागेकाे उनले बताए । स्वास्थ्य स्वयंसेवीकाकाे समस्या र मिहिनेतलाई उचित मुल्यांकन गरेकाेले पालिकाले स्वयंसेविकाकाे मागलाई प्राथमिकताकामा राखेकाे अधिकारीले विश्वस्त रहन आग्रहसमेत गरे ।

कार्यक्रममा स्वास्थ्य स्वयंसेवीकाहरुले मिहिनेत र जिम्मेवारी अनुसार सेवा सुविधा न्यूनकाे भएको गुनासो गर्दै वृद्धि गरि उचित सेवा सुविधा उपलब्ध गराउन माग गरेका थिए । नागरिककाे स्वास्थ्यलाई मध्यनजर गर्दै घर-घरमा दिनरात खटेर लागेकाे भन्दै स्थानीय सरकारले कामकाे मुल्यांकन गरि सुविधा बढाउन आवश्यक देखिएकाे हुँदा न्यून सुविधाले निराश बनाएकाे उनीहरुकाे भनाइ थियोे ।

कार्यक्रममा स्वास्थ्य शाखा अधिकृत इन्द्र भण्डारी, पत्थरदेइया स्वास्थ्य चाैकी प्रमुख बिरेन्द्र चाैधरी, सिनियर अनमी काैशिला देवी घिमिरे, सुरेस बस्याल लगायतले सम्बाेधन गरेकाे कार्यक्रमलाई सरस्वती खनालकाे सञ्चालन कार्यक्रम सम्पन्न भएको थियोे ।

कमेन्टहरु