कृषि, सूचना / प्रबिधि

५६ लाखको मेसिनबाट स्याङ्जामा सुन्तला ग्रेडिङ

दिप्शन गुरुङ
२०८१ मंसिर १९ | बिहान ०८:०८ बजे

स्याङ्जा । सुन्तला ग्रेडिङका लागि प्रविधिको प्रयोगले सहज भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकस्थित त्रिपुत्र बागवानी फार्मले सुन्तलाको ग्रेडिङ थालेसँगै सहज भएको हो । नेपालमा पहिलो पटक २०७५ सालदेखि सुन्तलाको गे्रडिङ मेसिन जडान गरी काम सुरु भएसँगै सहज भएको बागवानी सञ्चालक एवं अगुवा किसान फणिनारायण अर्यालले बताए ।

सञ्चालक अर्यालले बगैँचामा उत्पादन भएका सुन्तला तथा अन्य किसानबाट खरिद गरेका सुन्तला मेसिनमार्फत ग्रेडिङ गरी बजार पठाउँदै आएका छन् । ‘मेसिनबाट विभिन्न आठवटा आकारमा सुन्तलाको वर्गीकरण गर्दै आएका छौं’, उनले भने, ‘मान्छे लगाएर काम गर्दा झण्झटिलो, धेरै कामदार लाग्ने, दाग लाग्ने, थिच्चिनेजस्ता समस्या हुुन्थ्यो, मेसिनको प्रयोगले सहज भएको छ ।’

आठवटा आकारमा सुन्तला ग्रेडिङ गरेर छुट्याइए पनि बजार मागका आधारमा चारवटा आकारमा पठाउने गरिएको उनले बताए । साना सुन्तलाको प्रतिकेजी न्यूनतम मूल्य रु २५ देखि ठूला सुन्तलाका मूल्य रु ९० मा अहिले फार्मबाट बिक्री हुने गरेको छ । फार्मले सुन्तलाको बजारीकरणका लागि भाटभटेनी सुपर मार्केटका सञ्चालकसँग सम्झौता गरेको छ । उक्त कम्पनीसँग गत वर्षदेखि ५० टन सुन्तला उपलब्ध गराउनेगरी सम्झौता भएको उनले बताए । 

कमेन्टहरु