परासीबाट ब्राउनसुगरसहित एक जना पक्राउ
दिप्शन गुरुङ
२०८१ मंसिर १७ | मध्यान्ह ०७:०८ बजे

नवलपरासी, मंसिर १७ । पश्चिम नवलपरासी प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामग्राम नगरपालिका- १२ पचगांवा बस्ने बर्ष ३५ को दिपेन्द्र चौधरी रहेको छ ।
उनलाई लागुऔषध बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा उनको घरमा खानतलासी गर्दा आफू सुत्ने कोठाको सिरानी मुनी कालो प्लाष्टिक भित्र लुकाई छिपाई राखेको अवस्थामा १५ पुरिया नखोलेको र १ पुरिया खुल्ला रहेको लागुऔषध ब्राउन सुगर (खैरो हेरोईण) जस्तो पदार्थ प्लाष्टिकसहित १७ ग्राम ३१० मिलिग्राम फेला पारी रितपुर्वक बरामद गरी आइतबार राति चौधरीलाई नियन्त्रणमा लिएको सुचना अधिकारी रेशम बोहराले जानकारी दिएको छ ।
उनलाई सोमबार जिल्ला अदालत परासीबाट ७ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय नवलपरासीको हिरासतमा राखि थप अनुसन्धान भैरहेको बोहराले बताए ।























