मोरङको ग्रामथानमा माओवादीका माझी विजयी

नवलपुर टुडे
२०८१ मंसिर १७ | बिहान ०८:०८ बजे

मोरङ । स्थानीय तह उपनिर्वाचनअन्तर्गत मोरङको ग्रामथान गाँउपालिकामा नेकपा माओवादीका नमोनारायण माझी विजयी भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार विजयी ५४ वर्षीय माझीले ६ हजार ९ सय ६९ मत पाएका छन् ।
त्यसैगरी, नेपाली कांग्रेसका बलराम सरदारले ५ हजार ३ सय ३३ मत पाएका छन् । ७३ वर्षीय सरदार उनी १ हजार ६ सय ३६ मतले पराजित भएका हुन् ।
त्यसैगरी, नेकपा एमालेका तुलसीराम माझी ४ हजार १ सय ५९ मतसहित तेस्रो स्थानमा रहे ।























