समाचार

गुल्मीको मुसिकोट नगरपालिका–१ मा कांग्रेस उम्मेदवार आनन्द श्रेष्ठ विजयी

नवलपुर टुडे
२०८१ मंसिर १७ | बिहान ०७:०८ बजे

 गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–१ मा वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार आनन्द श्रेष्ठले विजयी भएका छन् । श्रेष्ठले ११ सय ८४ मत प्राप्त गरि विजयी बनेका हुन् । उपनिर्वाचनमा श्रेष्ठका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार दल बहादुर थापाले ९३० मत प्राप्त गरेका थिए । 

त्यसैगर माओवादी केन्द्रका उम्मेदवार दुर्गाबहादुर बिकले १४३ मत प्राप्त गरे  भने राष्ट्रिय स्वतन्त्र पार्टीका विकास थापाले ४३ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ईश्वरी खातीले ५ मत प्राप्त गरेका छन्। 

उक्त वडामा ५७.१ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत युवराज गौतमले जानकारी दिएका छन् । मुसिकोट नगरपालिका वडा नं १ मा चार हजार ९१ मतदाता मध्य दुई हजार ३३४ जनाले मतदान गरेका थिए ।

 

कमेन्टहरु