कोशी प्रदेश

झापाको कनकाई ६ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार ओली निर्वाचित

नवलपुर टुडे
२०८१ मंसिर १७ | बिहान ०६:०८ बजे

भद्रपुर (झापा) । झापाको कन्काई नगरपालिका–६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन्।

आइतबार भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार ओलीको चार सय ९३ मत प्राप्त गरी विजयी भएका जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए ।

उनका अनुसार नेकपा (एमाले) का तुलाराम बस्नेतले तीन सय ५६ मत, नेपाली कांग्रेसका रामगोपाल ओलीले तीन सय १७ मत, नेकपा (माओवादी केन्द्र) का गणेशबहादुर थापाले दुई सय ७७ मत प्राप्त गरे ।

यसअघि २०७९ सालमा भएको निर्वाचनमा नेकपा (एमाले) का दीर्घबहादुर थापा पाँच सय आठ मत ल्याई निर्वाचित भएका थिए ।

कन्काई–६ मा कूल दुई हजार ५८ मतदाता रहेकामा एक हजार पाँच सय १३ मत खसेको निर्वाचन अधिकारी नेपालले जानकारी दिए ।

कमेन्टहरु