रौतहटबाट मोबाइल पसलको ताल्चा फुटाई चोरी गर्ने दुईजना पक्राउ


रौतहट । रौतहटबाट मोबाइल पसल चोरी गर्ने दुईजना आरोपित पक्राउ परेका छन । पक्राउ पर्नेमा राजदेवी नगरपालिका- ९ ब्रहमपुरी बस्ने सोना मण्डलको छोरा वर्ष १९ को शिवजी मण्डल र रामदेव मण्डलको छोरा वर्ष १८ को साहिल भन्ने निरज मण्डल रहेका छन । उनीहरुलाई प्रहरीको गस्ती टाेलीले बिहिवार राति चोरी गरिरहेको अवस्थामा चोरीको सामानसहित पक्राउ गरेका हुन ।
उनीहरुलाई गौर नगरपालिका- ५ स्थित चौधरी मार्केटमा रहेको नवाब अलीको नेशनल मोबाईल एश्सोरिज पसलको ताला फूटाई बिभिन्न कम्पनीको मोबाईल थान १५ र बिभिन्न ईलेक्ट्रोनिक्स सामानहरु चोरी गरी सोही राती १:३० बजेको समयमा पुनः गौर नगरपालिका- ५ बरहवा पुलस्थित जनकनन्दन पटेलको गौर ईनटरप्राईजेज नामको मोबाईल पसलको ताल्चा फुटाई पसल भित्र प्रवेश गरी बिभिन्न कम्पनीको ४ वटा मोबाईल तथा अन्य सर-समानहरु चोरी गरिरहेको अवस्थामा स्थानीयहरुको सहयोगमा प्रहरीको गस्ती टोलीले पसल भित्रै फेला पारी पक्राउ गरेको रौतहट प्रहरीले जनाएको छ ।
आरोपित दुई जनालाई नकबजनी चोरी कसुर मुद्दामा सम्मानित जिल्ला अदालत रौतहटबाट म्याद थप गरी अनुसन्धान भईरहेको राैतहट प्रहरीका सूचना अधिकारी दिपक रायले जानकारी दिएको हो ।























