नेपाली जनसम्पर्क समिती कतारले अगामी जनवरी ३ तारीखमा रक्तदान गर्दै रामएकवाल राम
दिप्शन गुरुङ
२०८१ मंसिर ११ | मध्यान्ह १२:०८ बजे

दोहा । नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा र नेपाली रक्तदाता संघ कतारको समन्वयमा बृहत् रक्तदान कार्यक्रम हुने भएको छ । विगतका वर्षहरुमा जस्तै यसपाली पनि ४९ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गर्ने भएको हो।
रक्तदान कार्यक्रम कतारको (हमाद हस्पिटल) स्थित ब्लड डोनेट सेन्टरको हलमा हुने छ । रक्तादान अगामी ०३ जनवरी २०२५ शुक्रबार समय बिहान बिहान ८ बजे देखि १२ बजे सम्म हुने नेपाली जनसम्पर्क समिती कतारका महामन्त्री केदार भुसालले जानकारी दिएको छ।
उक्त रक्तदान कार्यक्रममा कतारमा स्थापित सामाजिक तथा बैचारिक संस्थाहरु, जिल्ला संस्थाहरु, विभिन्न जातीय संस्थाहरु, पत्रकारहरू, बुद्धिजीवी, समाजसेवी, व्यवसायीहरु लगायत सम्पूर्ण नेपालीलाई उपस्थित भएर रक्तदान गरि पुन्य कमाउनको लागि महामन्त्री भुसालले आग्रह गरेको छ।























