मुख्य समाचार, समाचार, समाज, सुदुरपश्चिम प्रदेश, सूचना / प्रबिधि
वडा भित्रमा मदिरा उत्पादन ओसार पसार बेचबिखन नगर्न निषेध


बाजुरा, मंसिर ११। हिमाली गाउँपालिका वडा नम्बर ७ को बाँधु, बगर देखि अथग्याचौर सम्म मधिरा तथा नसाजन्य पदार्थ उत्पादन ओसार पसार बेचबिखन तथा सेवन पुर्ण रुपमा निषेध गरिएको छ। मंसिर १६ गते हुने स्वामिकार्तिक गाँउपालिकामा उपाध्यक्ष पदको उपनिर्वाचनलाई स्वच्छ निपक्ष एवम मर्यादा वातावरणमा सम्पन्न गर्ने निर्वाचनको अन्तिम मतपरिमाण घोषणा नहुनजेल सम्मका लागी यस हिमाली गाँउपालीका वडा नम्बर ७ अन्तर्गत बाँधु, बगर देखि अथग्याचौर सम्म मधिरा तथा नसाजन्य पदार्थ उत्पादन ओसार पसार बेचबिखन तथा सेवन पुर्ण रुपमा निषेध गरिएको वडा अध्यक्ष तपेन्द्र कुमार शाहीले बताए। वडा कार्यालय सुचना निकालेको दिनबाट कोही कसैले मधिरा तथा नसाजन्य पदार्थ उत्पादन ओसार पसार बेचबिखन पाइएमा कडा भन्दा कडा कानुनी कार्वाही गरीने वडा अध्यक्ष शाहीले बताए।


















