मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश

स्वामिकार्तिकमा एमाले र माओवादी परित्याग गरेर १६ घरपरिवार काङ्ग्रेसमा प्रवेश

उमेश रोकाया
२०८१ मंसिर १० | मध्यान्ह ०६:०८ बजे

बाजुरा, मंसिर १०। बाजुरा जिल्ला स्वामिकार्तिक खापर गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी पाटी परित्याग गरेर १६ घरपरिवार नेपाली काङ्ग्रेसमा पाटी प्रवेश गरेका छन। मंसिर १६ गते हुन लागेको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदको उपनिर्वाचनका लागि उम्मेदवारी नेपाली काङ्ग्रेस पाटीबाट पुल्तिसरा शाही लगायत नेताकार्यकर्ता गाउँमा घरदैलो अभियान तिव्र दिदै आइरहेका छ्न।

नेकपा एमाले पाटीले विभिन्न बाहानामा झुटा आसवासन देखायर नेपाली काङ्ग्रेस पाटीबाट नेकपा एमालेमा प्रबेश गराएका सबै जना नेपाली काङ्ग्रेस पाटीमा फर्किनु भएको नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्य दिनेश शाहीले बताएका छन। स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर ५ का नेकपा माओवाद पाटीका जटिल तिरुवा, कन्यां तिरुवा, प्रेम कार्कि, धन महतारा र नेकपा एमाले पाटीका मिम बहादुर बम, दान बहादुर बम, सर्जन कार्की, अंग बम, जीवन बम, ऐबान महतारा, हेमराज महतारा लगायत ११ घरपरिवार पाटी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन। वडा नम्बर ४ का नेकपा माओवादी पाटीबाट मंगल कैला नेकपा एमाले पाटीबाट नन्द बहादुर कैला, प्रजन कैला, बिरेन्द्र कैला र मनलाल कैला नेपाली काङ्ग्रेस पाटीमा प्रवेश गरेका शाहीले बताए।

कमेन्टहरु