लिथुआनियामा कार्गो विमान दुर्घटना हुँदा एकजनाको मृत्यु
दिप्शन गुरुङ
२०८१ मंसिर १० | मध्यान्ह ०२:०८ बजे

भिल्नियस (लिथुआनिया) । जर्मनीबाट लिथुआनियातर्फ उडेको डीएचएल कार्गो विमान सोमबार राजधानी भिल्नियसको विमानस्थलनजिकै दुर्घटना हुँदा एकजनाको मृत्यु भएको अग्निनियन्त्रकहरूले बताएका छन् ।
विमान भिल्नियस विमानस्थलमा अवतरण गर्ने क्रममा केही किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको अग्निनियन्त्रक तथा आपत्कालीन सेवा इकाइका प्रमुख रेनाटास पोजेलाले बताए । दुर्घटनामा चालक दलका एकजनाको मृत्यु भएको उनले जानकारी दिए ।
उनका अनुसार, दुर्घटनाका क्रममा एउटा घरमा आगलागी समेत भएको थियो ।
राष्ट्रिय संकट व्यवस्थापन केन्द्रका प्रमुख विल्मान्टास भिटकाउस्कसले उक्त घरभित्र रहेका सबैलाई उद्धार गरी बाहिर निकालिएको बताए ।























