घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

हिमालीमा विद्युत काम गर्दा रुखले च्यापेर एक जना मृत्यु दुई जना घाइते

उमेश रोकाया
२०८१ मंसिर ९ | मध्यान्ह ०४:०८ बजे

बाजुरा, मंसिर ०९। हिमाली गाउँपालिका वडा नम्बर ३ युनामा लाइन विस्तार गर्दा रुखले च्यापेर गर्दा एक जना मृत्यु दुई जना गम्भीर घाइते भएका छन। मृत्यु हुने युना गाउँका ३५ वर्षीय सुपधन बुढा घाइते कर्नलाल सुनार र असल रोकाया रहेका छन। काधुरी संस्था अन्तर्गत विद्युतको पोल लाइन विस्तार गर्ने क्रममा घटना भएको हिमाली गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मंगल बुढाले बताए। घाइतेहरूलाई तत्काल उद्वावर गर्न सम्बन्धि ध्यानाकर्षण समेत गराएको अध्यक्ष बुढाले बताए।

हिमाली गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई हेलिकप्टर उद्धार गर्ने पहल गरिएको हिमाली गाउँपालिका प्रवक्ता भिमानन्द पाण्डेले बताएका छन। बिधुत लाइन तान्न सोही ठाउँका सल्लाका रुख काठनको लागि कादुरी संस्थाले काम गराउने क्रममा दिउँसो सल्लो ढली चेपिएर एक जनाको मृत्यु र दुई जना धाइते भएको हो।

कमेन्टहरु