कृषि, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
स्थानीय उत्पादनहरु बाहिर लिएर विक्री वितरण नगर्न बुढीगंगाको आग्रह

उमेश रोकाया
२०८१ मंसिर ७ | बिहान ०१:०८ बजे

बाजुरा, मंसिर ०७। बाजुराको बुढीगंगा नगरपालिकाले नगरभित्र उत्पादन भएको खाद्यान्न बालीहरु बाहिर लिएर विक्री वितरण नगर्न सार्वजनिक सूचना मार्फत कृषकहरुलाई जानकारी गराएको छ। नगरपालिकाले नगरका १० वटै वडाका सम्पूर्ण समुदाय तथा बस्तीहरुमा उत्पादन खाद्यान्न बालीतर्फ मकै, कोदो, दलहनबाली तर्फ दालका प्रकारहरु नगरपालिका भन्दा बाहिर विक्री नगर्न कृषकहरुलाई अनुरोध गरेको छ ।
बुढीगंगाका कृषकहरुको खेतबारीमा उत्पादन भएको खाद्यान्न बाली र दलहन बालीनालीको खरिदको जिम्मा नगरपालिकाले लिएको छ ।


















