मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश

बाजुराका नौवटा पालिकामा भेटघाट कार्यक्रम सम्पन्न: पुर्व प्रदेश प्रमुख जोशी

उमेश रोकाया
२०८१ मंसिर ५ | मध्यान्ह ०५:०८ बजे

बाजुरा, मंसिर ०५। बाजुरा जिल्लाका नौवटा पालिकामा शुदुरपश्चिम प्रदेश पुर्व प्रदेश प्रमुख भेटघाट कार्यक्रम सम्पन्न गरेका छन। २०४८ सालदेखि २०५१ सालसम्म पाटीको सदस्य २०५१ सालमा काङ्ग्रेस उमेदवार २०६४ देखि ६८ सालसम्म संविधान सभा सदस्य २०७८ देखि २०८० सालसम्म २ वर्ष ७ महिना शुदुरपश्चिम प्रदेश प्रमुख जिम्मेवारी रहेर काम गरेका हुन। दुई वर्ष सात महिना प्रदेश प्रमुख जिम्मेवारी अनुसार काम गरियो। त्यसपछि नेपाली काङ्ग्रेस पाटी संगै जोडिनु पर्‍यो भनेर पाटी, सामाजिक, राजनीति र साझेदारी सम्बन्धलाई बलियो राख्नका लागि बाजुराका त्रिवेणी नगरपालिका, खप्टड छडेदह गाउँपालिका, गौमल गाउँपालिका, बुढिगगा नगरपालिका, बडिमालिका नगरपालिका, जगन्नाथ गाउँपालिका, स्वामिकार्तिक खापर गाउँपालिका, हिमाली गाउँपालिका हुँदै आज बुढिनन्दा नगरपालिकामा भेटघाट कार्यक्रम गर्दै सम्पन्न गरिएको शुदुरपश्चिम प्रदेश पुर्व प्रदेश प्रमुख देवराज जोशीले बताउनुभयो।

मंगलवार दिउँसो हिमाली गाउँपालिका भेटघाट गरेर आज बुढिनन्दा नगरपालिका भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ। कार्तिक २४ गतेदेखि बाजुराका विभिन्न पालिकाहरुमा भेटघाट दौरान रहेका छन। भेटघाट मुख्य उदेश्य सम्बन्ध पुनर्निर्माण गर्ने नेपाली काङ्ग्रेस संघठन भित्र रहेका समस्याहरु बारेमा सुक्ष्म अवलोकन गरेर जसको धेरै संघठन भित्रको समस्या समाधान गर्न हिडिरहेका छन। नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति गठन भएको छ तर बैठक बसेको छैन। त्यसलाई सक्रिय बनाउन संगै पाटीमा रुष्ट भएका पाटीका स्थानीय चुनावमा हारेको मान्छेहरू र पाटी जनशक्ति भएर क्रियाशील भएर पाटीका तर्फबाट स्थानीय निकायमा काम गर्नुपर्ने भैरहेको छैनन्। पाटीका जनप्रतिनिधि र नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति लगायत विषय छलफल गरिएको छ।

पाटी र जनप्रतिनिधि बिच सुमधुर छैन। भातृ संघसंगठनका शुभेच्छुक संस्थाहरु कतिपय क्रियाशील नभएको देखिन्छ। यावत समस्याहरुलाई यसको सुक्ष्म अवलोकन गरेर पाटी भित्रका साथीहरू सक्रिय गराउने मटमोटालाई हटाएर मित्रता बनाउने आगामी २०८४ सालमा हुने स्थानीय निकाय चुनाव र प्रदेश, राष्ट्रिय चुनावमा नेपाली काङ्ग्रेस उमेदवारहरुलाई कसरी विजय गराउन सकिन्छ। त्यो हिसाबले कामगर्ने तरिकाले आफू पछिल्लो समयमा जिल्ला भित्रका नौ वटा पालिकामा भ्रमण केन्द्रित रहेको पुर्व प्रदेश प्रमुखको भनाइ रहेकोे छ। सुक्ष्म किसिमको भ्रमण हो। त्यसपछि आफुले सक्ने कुराहरु संगठनमा समस्या हुन्छ त्यसलाई सक्रिय भएर पाटीको बिचमा झैझगडा मटमोटाहरु हटाउन केन्द्रित हुने गरि लागिरहेका छन।

जहाँ संघठन छ त्यहाँ अवलोकन गर्न सक्ने योगदान पुगोस् भन्ने हिसाबले भ्रमण रहेकोे छ। प्रदेश प्रमुखमा आफू रहदा खेरी आफ्ना पाटीका कार्यकर्ता साथीहरूलाई र जनसमुदाय अपेक्षा गरेको काम गर्ने सकेको छैनन्। त्यसका लागि क्षमा मागेका छन। सबै पालिकामा औपचारिक भेटघाट कार्यक्रम निरन्तर दिदै आइरहेका छन। आफु सुदुरपश्चिम् प्रदेश प्रमुख जिम्मेवारी हुँदा आफ्नो हातमा बिकासी काम नभएकोले गर्न सकिने काम गर्न नसकेको पुर्व प्रदेश प्रमुख देवराज जोशीले बताउनुभयो।

कमेन्टहरु