निर्वाचन, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

स्वामीकार्तिक उपाध्यक्षका लागि ५ दलले गराए उम्मेदवारी दर्ता

उमेश रोकाया
२०८१ मंसिर २ | मध्यान्ह ०९:०८ बजे

बाजुरा, मंसिर ०२। बाजुरा स्वामीकार्तिक खापर गाउँपालिकामा मंसिर १६ गते हुने उपनिर्वाचनका लागि ५ दलले उम्मेदवारी दर्ता गराएका छन् । स्वामीकार्तिक खापर गाउँपालिकामा रहेको निर्वचान अधिकृतको कार्यालयमा आईतबार विभिन्न ५ वटा राजनितिक दलले आज मनोनयन दर्ता गराएका हुन ।

गाउँपालिकाको उपाध्यक्ष पदका लागि नेकपा एमालेबाट सुलोचना भण्डारी बुढाले उम्मेदवारी दर्ता गराएकी हुन् । त्यसैगरी नेपाली काँग्रेसबाट पूलतीसरा शाही, नेकपा माओवादी केन्द्रबाट राजुकुमारी विक, नेकपा एकीकृत समाजवादी पार्टीबाट जवा शाही र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुनादेवी थापा भोटे धामीले उम्मेदवारी दर्ता गराएकी हुन् ।

मुख्या निर्वाचन अधिकृतको कार्यालय स्वामीकार्तिकका अनुसार बिहान १० बजेदेखि ५ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ। उपाध्यक्ष मैना जोशीको २०८० माघ ४ गते निधन भएपछि रिक्त सो पदमा उपनिर्वाचन हुन लागेको हो। स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन्। यही मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ।

कमेन्टहरु