तस्कर

रुपन्देहीबाट ४ लाख भन्दाबढी मुल्यको अबैध सामान बरामद

नवलपुर टुडे
२०८१ मंसिर २ | मध्यान्ह ०७:०८ बजे

भैरहवा । रुपन्देही प्रहरीद्वारा विभिन्न अबैध सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत इलाका प्रहरी कार्यालय ओमसतिया
रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी निकासी/पैठारी गरी ल्याएको विभिन्न सामान बरामद गरिएको हो ।

बरामद सामानहरु चिनी ८ बोरा, KELME केल्मी हुडी ५९ वटा, लेडिज रेडिमेट उलान कुर्ति ५६ वटा, लेडिज रेडिमेट कुर्ति २२ वटा, लेडिज सुर्ट काँचो कपडा २३ वटा, सुति साडी १५ वटा र किराना सामाहरु रहेको छ । जसको मुल्य अन्दाजी मुल्य रु.४,१९,५००।- मुल्य बरावरको रहेको प्रहरी नायव उपरीक्षक लक्ष्मी खनालले जानकारी दिएको छ ।

सो बरामद सामानहरु आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा आईतवार बुझाइएको खनालले बताए ।

कमेन्टहरु