मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, सूचना / प्रबिधि
स्वामिकार्तिक र हिमाली गाउँपालिकामा हुलाक कार्यालय उद्घाटन


बाजुरा, मंसिर ०२। स्वामिकार्तिक खापर गाउँपालिका र हिमाली गाउँपालिका धुलाचौरमा हुलाक कार्यालय उद्घाटन समारोह गरिएको छ। नेपाल सरकारको आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत अनुसार बुदा नम्बर ११९ को निति तथा कार्यक्रम कार्यान्वयन अनुसार हुलाक सेवाको संस्था स्थापना गरिएको छ। विगत ईलाका हुलाक कार्यालयलाई हाल हुलाक कार्यालयमै सेवा सञ्चालन गर्दै आइरहेका छ्न। आज दिनका मितिबाट हुलाक कार्यालय हिमाली गाउँपालिका भएको स्थापना भएको हिमाली गाउँपालिका हुलाक कार्यालय प्रमुख जंग बहादुर मल्लले बताएका छन।
प्रत्येक पालिकामा स्थापना गर्ने निर्णय अनुसार गरिएको छ। सबै पालिका हुलाक कार्यालय उद्घाटन गरेर आज हिमाली गाउँपालिका उद्घाटन गरेको छ।साबिक ईलाका हुलाक कार्यालय दुइटा एउटा हुलाक कार्यालय बनाउने भन्ने अनुसार पालिका नजिक पाइप पर्ने ठाउँमा स्थापना गरेको छ। विगत हुलाक काम जनता संग प्रभावकारी भएनन्। पछिल्लो समयमा हुलाक कार्यालयलाई व्यवसायी रूपमा गर्ने भनिएको छ। हुलाक कार्यालय अहिले फराकिलो हुँदै गएको छ। आगामी दिनमा हिमाली गाउँपालिका निति तथा कार्यक्रम जोडेर कार्यक्रम राखिदिन हुन अनुरोध समेत गरेको जिल्ला हुलाक कार्यालय प्रमुख बुद्ध बहादुर सोभैले बताएका छन।
आर्थिक वर्ष २०८१/०८२ मा सरकारले ल्याएको निती तथा कार्यक्रम अनुसार एक पालिका एक हुलाक कार्यक्रम अन्तर्गत संचार तथा सूचना प्रविधी तथा जिल्ला हुलाक कार्यालय बाजुराले जिल्लाका ९ वटै पालिकामा हुलाक कार्यालय स्थापना गरेको छ। साविकका इलाका कार्यालयलाई रुपान्तरण गर्दै सरकारको निती तथा कार्यक्रम अनुरुप पालिकास्तरमा हुलाक कार्यालय स्थापना गरी संचालनमा ल्याउने कार्य भईरहेको जिल्ला हुलाक कार्यालय बाजुराले जनाएको छ ।
कार्यक्रम हिमाली गाउँपालिका वडा नम्बर ६ का कार्यवाहक अध्यक्ष बिष्णुराज पाण्डे अध्यक्षतामा कार्यक्रम उद्घाटन गरिएको हो। प्रमुख अतिथि जिल्ला हुलाक कार्यालय प्रमुख बुद्ध बहादुर सोभै विशिष्ट अतिथि हिमाली गाउँपालिका लेखापाल खम्बिर शाही, कृषि शाखा प्रमुख टोप बहादुर शाही लगायत सुरक्षाकर्मी पत्रकार सहित उपस्थितिमा हुलाक कार्यालय उद्घाटन गरिएको कार्यक्रम संचालक नरीलाल विकले बताएका छन।























