कृषि, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

कोल्ड च्याम्बर तथा कृषि बजारको मन्त्री थापा द्धारा उद्धघाटन

उमेश रोकाया
२०८१ मंसिर १ | मध्यान्ह ०२:०८ बजे

बाजुरा, मंसिर ०१। सुदुरपश्चिम प्रदेश सरकारका भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापाले कोल्ड च्याम्बर तथा कृषि बजारको उद्धघाटन गरेका छन । एक औपचारीक कार्यक्रमका बिच शनिबार मन्त्री थापाले जिल्लाको बडीमालिका नगरपालिका ८ नेपाल खाद्य संस्थान नजिकै स्थापना गरिएको कोल्ड च्याम्बर तथा कृषि बजारको उद्धघाटन गरेर सम्बन्धित पालिकालाई हस्तान्तरण गरिएको हो ।

कृषि विकाश निर्देशनालय दिपायल डोटी र बडीमालिका नगरपालिका मार्तडी बाजुराको लागत साझेदारी,समन्वय तथा सहकार्यमा निमार्ण गरिएको कृषि बजार एवम् कोल्ड च्याम्बरको  आज प्रदेशका भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्री थापा द्धारा उद्धघाटन गरि बडीमालिका नगरपालिकालाई हस्तान्तरण गरिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । २०८१ साउनमा कृषि उपज केन्द्रका लागि संरचनाहरु निमार्ण भईसकेको र सञ्चालन आउँन बाँकी रहेको कृषि बजारको आज बिहान एक औपचारीक कार्यक्रमका बिच मन्त्री थापाद्धारा समृद्धघाटन गरिएर पालिकालाई जिम्मा दिइएको हो ।२०७६ सालमा निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएपनि पाँच वर्षपछि निर्माण कार्य सम्पन्न भएर हस्तान्तरण गरिएको हो ।

नगरपालिकाको १२ लाख १५ हजार ४७१ र कृषि विकास निर्देशनालय डोटीको ४१ लाख १९ हजार ९८४ रुपैया गरी ८५ लाख एक हजार ८४० रुपैयाको लागतमा निर्माण गरिएको  कोल्ड स्टोर तथा कृषि उपज बजार को आज उद्धघाटन गरेर पालिकालाई बुझाइएको कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख भूमिराज उपाध्यायले  बताए। अहिलेसम्म कृषि बजार संचालनमा नआउँदा कृषकहरुलाई समस्या हुँदै आएको थियो। कृषकले उत्पादन गरेका फलफुल तथा तरकारी मार्तडी बजारको गल्लीगल्ली बजारका पेटीमा राखेर बिक्री गर्नुपर्ने बाध्यता थियो। कृषि बजारको उद्धघाटन गरेर सम्बन्धित पालिकालाई हस्तान्तरण गरिए पछी कृषकहरुले उत्पादन गरेका फलफुल तथा तरकारीहरुलाई सहज हुने बताइएको छ। मार्तडी बजारको पेटीपेटीमा बसेर फलफुल तथा तरकारी बेच्दै आएका कृषकहरुलाई कृषि उपज बजार सञ्चालन आएमा ठुलो सहयोग मिल्ने भएको छ ।

कृषि विकास निर्देशनालयका प्रमुख खगेन्द्र प्रसाद शर्माको अध्यक्षतामा संचालन भएको कृषि बजारको उद्धघाटन तथा हस्तान्तरण कार्यक्रमको सुदूरपश्चिम प्रदेशका कृषि तथा भूमि सहकारी विकास मन्त्री वीरबहादुर थापा प्रमुख अतिथी रहेका थिए ।त्यस्तै कार्यक्रममा प्रदेश सभा सदस्य जुना दानी,बडीमािलका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्का,उप प्रमुख नन्दा कुमारी थापा,बुढीगंगा नगरपालिका उप प्रमुख माया कुँवर विशिष्ट अतिथी रहेका थिए ।कार्यक्रममा जिल्लाका राजनितिक दलका प्रमुख तथा प्रतिनिधी,सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख लगायत पत्रकारहरुको सहभागीता रहेको थियो । कृषि ज्ञान केन्द्र बाजुराका निमित्त  कार्यालय प्रमुख भूमिराज उपाध्यायले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन जैसीराम साहनीले गर्नुभएको थियो ।

कमेन्टहरु