नवलपुरमा पराल लोड गरिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु
दिप्शन गुरुङ
२०८१ मंसिर १ | मध्यान्ह १२:०८ बजे

कावासोती, मंसिर १ । गएराति पुर्वी नवलपरासीको मध्यबिन्दुमा पराल लोड गरिरहेको ट्याक्टरबाट खसेर घाईते भएका एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मध्यबबिन्दु नगरपालिका- ३ इटौरा बस्ने बर्ष ६० को देवीराम महतो रहेको छ । उनी घर नजिकै रहेको खेतमा पराल लोड गर्ने क्रममा लु ४ त ८९४३ नं को ट्याक्टरबाट अचानक खस्न जाँदा घाइते भएका थिए ।
उनको उपचारको क्रममा मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा शुक्रबार साझ २०:२२ बजे मृत्यु भएको अस्पताल श्रोतलाई उद्दृत गर्दै प्रहरीले जानकारी दिएको छ । घटना बारे प्रहरी टोली खटीगई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।























