मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
दिप्शन गुरुङ
२०८१ मंसिर १ | बिहान ०९:०८ बजे

नवलपरासी । कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।
कालीगण्डकी कोरिडोरअन्तर्गत बुलिङटारबाट गैँडाकोटतर्फ जाँदै गरेको ना२७प २४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका थापाको मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्का) प्रहरी नायब उपरीक्षक जेशी शाहले बताए । घटनाबारे अनुसन्धान भइरहेको उनको भनाइ छ ।


















