निर्वाचन, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
स्वामीकार्तिकमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


बाजुरा, कार्तिक ३०। मंसिर १६ गते हुन लागेको उप निर्वाचनका लागि स्वामीकार्तिक खापर गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। शुक्रबार गाउँपालिकाको सुईजिउलामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। गाउँपालिकामा रिक्त रहेको उपाध्यक्ष पदको उपनिर्वाचनका लागि कार्यालय स्थापना गरेको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेले जानकारी दिनु भएको छ।
उनका अनुसार गाउँपालिकामा उपाध्यक्ष पदको रिक्त रहेकाले उप निर्वाचनका लागि कार्यालय स्थापना गरेको बताए । रिक्त रहेको पदका लागि मनोनय दर्ता देखि मतगणना कार्य पालिकामा नै गर्नु पर्ने भएकाले गाउँपालिकाको केन्द्रमा नै कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताइएका छन् । निर्वाचन कार्यालय स्थापनापछि मनोनयन गदार्तदेखि निर्वाचनका लागि कर्मचारी परिचालन र मतगणना कार्य गर्ने गरी कार्यालय स्थापना भएको पोखरलेलको भनाई रहेको छ । निर्वाचनलाई निष्पक्ष,स्वतन्त्र र धाधली रहित बनाउने कर्मचारी र सुरक्षा परिचालन गरिने मुख्य निर्वाचन अधिकृत पोखरेलले स्पष्ट पारेका छन् । निर्वाचनलाई मर्यादित र स्वतन्त्र,निष्पक्ष बनाउनका लागि राजनितिक दल र सरोकारवालाहरुले सहयोग गर्न आग्रह गरेका छन् ।
२०७९ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित गाउँपालिकाकी उपाध्यक्ष मैनादेवी जोशीको २०८० माघ ४ गते निधन भएपछि रिक्त पदमा उप निर्वाचन हुन लागेको हो । उप निर्वाचनमा पाँच दलले उम्मेदवार टुंगा लगाएर चुनावी घरदैलो अभियान संचालन गरिरहेका छन् । उप निर्वाचनका लागि नेपाली काँग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र,नेकपा समाजवादी र राप्रपाले उम्मेदवार टुंगो लगाएर मतदाताहरुसंग भेटघाटसंगै घरदैलो अभियान थालेका छन् । गत वर्षको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसकी उम्मेदवार मैनादेवी जोशीले एक हजार ८१० मत ल्याएर विजयी हुनु भएको थियो । निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी उम्मेदवार सुलोचना भण्डारी(बुढा) ले एक हजार ६३७ मत ल्याएर पराजित हुनु भएको थियो ।
पाँच वडा रहेको गाउँपालिकामा ९ वटा मतदान स्थल रहेका छन् । पालिकामा हुने उप निर्वाचनमा मंसिर १६ गते १८ वर्ष पुगेका सात हजार ४६ जना मतदाताले मतदान गर्न पाउने भएका छन् ।























