यातायात, सुदुरपश्चिम प्रदेश

बाजुराको धुलाचौरमा बसपार्क निर्माण

उमेश रोकाया
२०८१ कार्तिक २९ | बिहान ११:०७ बजे

बाजुरा, कार्तिक २९। बाजुरा जिल्ला हिमाली गाउँपालिका धुलाचौरमा बसपार्क निर्माण गरिएको छ। नेपालगन्ज देखि सुर्खेत हुँदै बाजुराको पिलुचौर, धुलाचौर हुम्ला सम्म बस सञ्चालन भए संगै धुलाचौरमा बसपार्क निर्माणकार्य सम्पन्न गरि सञ्चालनमा ल्याएको छ। बस सञ्चालन भएपछि बसपार्क नहुदा सडकको छेउछाउमा राख्नुपर्ने स्थिति थियो। हिमाली गाउँपालिकाले आफ्नै डोजर प्रयोग गरेर बसपार्क निर्माणकार्य संगै अहिले बस निर्माण गरेको बसपार्क राख्ने गरेको संयुक्त यातायात प्रालिका अध्यक्ष चक्र मल्लले बताए।

बस सञ्चालन भएको हप्ता नबित्दै धुलाचौरमा बसपार्क बनेको छ। बसपार्क बनिसकेपछी नेपालगन्ज सुर्खेत बाट आएका बसहरु बसपार्क निर्माण भएपछि सडक छेउछाउमा राख्नुपर्ने बाध्यता हटेको छ। आजभोलि बाजुरा, हुम्ला र मुगुका मान्छेहरूलाई जिल्ला बाहिर जानको लागि बस सञ्चालन आएपछि निकै सजिलो भएको छ। पहिला जिपमा महँगो भाडा तिरेर आवतजावत गर्ने स्थित अहिले खर्च कम लागेर हुम्ला देखि बाजुरा धुलाचौर हुँदै सुर्खेत नेपालगन्ज पुग्न यात्रा सहजरूपमा गरिएका संयुक्त यातायात प्रालिले जनाएको छ। अहिले दिनमा ३-४ वटा बस धुलाचौर बाटै जिल्ला बाहिर पठाउने गरेको छ।

दुर्गम क्षेत्रमा बस सेवा सञ्चालन हुँदा यहाँका अधिकास मान्छेहरू बसबाट यात्रा गर्न लागेका छन। जसले सजिलोसँग धुलाचौर बाट सुर्खेत नेपालगन्ज सहरमा जान सजिलो भएको छ। बस सञ्चालन भएपछि बस सडक छेउछाउमा राखेको देख्दा पहिलो दिनमा अनुगमन गरेर उपयुक्त ठाउँ हेरेर बस काउन्टर नजिकै गाउँपालिका आफ्नै डोजर लगाएर दुई दिनमा बसपार्क निर्माण गरेर सञ्चालन गरिएको छ। अहिले बसपार्क बनेको ठाउँमा बस राख्न सुरु गरेका हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।

बसपार्क निर्माण गरेपछि बस सहज रूपमा बाहिर बाट आएका गाडी पार्क गर्न सहज भएको छ। ४-५ दिनमा जुन बसहरुलाई पार्क गर्न सडक छेउछाउमा राख्नुपर्ने समस्या अहिले समाधान गरिएको छ। आज बिहान देखि बसपार्क निर्माण कार्य सम्पन्न गराएर बसपार्क सञ्चालनमा ल्याएको छ। बसपार्क निर्माण पश्चात् गाडी व्यवसायी खुशी व्यक्त गरेका छन। जिल्ला बाहिरबाट आएका बसलाई धुलाचौरमा बसपार्क लागि कुनै समस्या नहुने अध्यक्ष मल्लले बताउनुभयो। आफू भौतिक पुर्वाधार विकासका निम्ति सधै तयार रहेकोे छु। संयुक्त यातायात प्रालिका लागि आफ्नो हातेमालो सधै रहिरहने उनको भनाइ छ।

कमेन्टहरु