तस्करहरुको हब बन्दै अमरपटी नाका

पर्सा, कात्तिक २९ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले तस्करी नियन्त्रण गर्न सफल हुदै गएको दावी गरिरहेकै बेला पर्साको अमरपटी नाकाबाट कुख्यात तस्करहरु सलबलाएको देखिन्छन । नेपाल प्रहरी र सशस्त्र प्रहरीको आर्थिक मोहका कारण महिनौदेखी बन्द रहेको तस्करीको लाइन पुनः सुचारु भएको देखिएको हो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफ्नो काम कर्तव्य बिर्सेर रकमको पछाडी हिड्न थालेपछि अमरपटी नाकाबाट दैनिक करोडौको मालसमान आयात निर्यात हुन थालिएको स्थानीयहरु नै बताउछन । तस्करीको मालसमान अवैध तरिकाले आयात निर्यात गर्नको निम्ति स्थानीय जनप्रतिनिधिदेखी मन्त्रीहरुको दवाब आएकै कारण तस्करीको लाइन सुचारु भएको हुन सक्ने स्थानीयहरुले आकलन गर्न थालेका छन । तस्करीको कार्यमा नामुद नाम कमाउदै मन्त्री पदसम्म पुगेका आसेपासेहरुले तस्करीको लाइनमा खटिने गरेको समेत स्थानीयहरुले दावी गरेका छन ।
अमरपटी नाकाबाट दैनिक दुई देखी चार पिकअपसम्म कस्मेटिक समाग्रीहरु अवैध तरिकाले आयात निर्यात हुने गरेको पाइएको छ । रातिको समयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले बिभिन्न ठाउँहरुमा चेकिङ थापेर तस्करीको मालसमान आयात निर्यात गराउने गरेका छन । रातिको समयमा तिलावे पुल, अमरपटी क्याम्प अगाडी चेकिङको बहानामा प्रहरीहरुले चेकजाँच गरेपनि बारवा र झौवा बिच रहेको सीमा नाका हुदै अवैध कृयाकलाप सुचारु हुने गरेको बताइन्छ । प्रहरीको चेकिङ मात्र बहाना हो, चेकिङ मात्र बाहिरको टोलीलाई निगरानी गर्ने हो, उनले बताए ।
अमरपटी नाका हुदै कस्मेटिक समाग्री र चल्लाको तस्करी हुने गरेको स्थानीयहरु बताउछन । दैनिक जसो भारतीय चल्ला नेपालको बिभिन्न ठाउँहरुमा जाने गरिन्छ, उनले थपे । राति र बिहानको समयमा हुने गरेको तस्करीका कारण स्थानीयहरु आजित भएको र रातभरी तस्करहरुको लस्करका कारण सुत्नै नसक्ने अवस्था रहेको बताए । तस्करहरुको लस्करै लाग्ने गरेको समयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीहरुलाई खबर गरेपनि केहि वास्ता अर्थात मतलबै नगरेको उनले बताए ।
को हुन कुख्यात तस्कर ?
अमरपटी नाकाबाट संदिप, उतम, मुन्ना, धर्मेन्द्र, धन्नजय लगायत दर्जनौ तस्करहरु तस्करी गर्न सकृय रहेको बताइन्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मासिक रुपमै लाखौ रुपैया नजराना बुझाए पश्चात तस्करीको लाइन चलाउन सक्रिय रहेको हाल प्रहरीको काम कारवाहीले प्रष्ट पारेको छ । यस बिषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख कुमोद ढुंगेल र सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिताल तस्करीको मालसमान पक्राउ गर्न अग्रसर हुने हुन की आर्थिक चलखेलमै सिमित हुने हुन ? हेर्न बाकी रहेको छ । क्रमशः























