मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश
मावि कक्षा ११,१२ को वर्तमान अवस्था औचित्य र सुधार विषयमा छलफल


बाजुरा, कार्तिक २८। माध्यमिक विधालय कक्षा ११ र १२ को वर्तमान अवस्था औचित्य र सुधार विषयमा वृहत् छलफल गरिएको छ। हिमाली गाउँपालिकामा हालसम्म ८ वटा माध्यमिक विधालय मध्य कक्षा ११,१२ पढाई संगै अनुमति पाएका विधालय वर्तमान सिकाइ उपलब्ध गुणस्तरीय शिक्षा बारेमा बहस गरेका छ्न। शिक्षा सुधार गर्नका लागी स्कुलमा चाहिने कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुलाई कार्पेट र ३ कक्षा भन्दा माथी विद्यार्थीलाई बेन्च डेस्क उपलब्ध गराएर धुवाँ मुक्त बिधालय बनाएको छ। बिधालय भौतिक पुर्वाधार भवन निर्माण गरेको छ।
गाउँमा केही शिक्षकलाई आन्तरिक स्रोतबाट दिइने रकम आजभोलि पालिकाले स्वयंसेवक शिक्षक व्यवस्था गरेको छ। सबैभन्दा बढी लगानी शिक्षा क्षेत्रमा गरेको भएपनि अझसम्म शिक्षा सुधार हुनसकेको छैनन्। विधालयमा विद्यार्थी पढाई गुणस्तर बनाउन बिधालय व्यवस्थापन समिति, प्रधानाध्यापक, विद्यार्थी र त्यहाका समाज सुधार भए मात्र शिक्षा सिकाइ प्रभावकारी हुने अवस्था छ। आफू शिक्षा क्षेत्र काम गरेको हुँदा केही परिवर्तन गर्न खोजेको भएपनि अहिलेसम्म सोचेको जस्तो काम हुनसकेको छैनन्। बिधालयमा शिक्षकले पढाई दिनु पर्यो विद्यार्थी पढाई जोड गरियो घरमा स्कुलमा पढाएको कुरा हेरफेर गरियो भने शिक्षा सुधार हुने देखिन्छ। पालिका भरीका बिधालयलाई समायोजन गरेर २ वटा आवसिय बिधालय बनाएर अरु २२ वटा बिधालय ३ कक्षा सम्म सञ्चालन गरियो भने अझ बढी शैक्षिक संस्थामा केही परिवर्तन आउने बच्चाको भबिस्य राम्रो हुने अध्यक्ष मल्लले बताएका छन।
हिमाली गाउँपालिकामा संचालित माध्यमिक विधालय (११-१२) को परिवर्तन अवस्था संतोषजनक नदेखिएकाले हाल संचालित विधालय HSEB/NEB को मापदण्ड अनुसार सञ्चालन गर्न आवस्यक स्रोत साधनको उपलब्धता भौतिक दुरी तथा शैक्षिक गुणस्तर अभिवृद्धि उपलब्धता विद्यार्थी संख्या शिक्षक संख्या भौतिक पुर्वाधार तथा पालिकाले धान्न सक्ने आर्थिक स्रोतलाई ध्यानमा राखी हाल सञ्चालित ३ वटा (११,१२ ) विद्यार्थीहरुलाई समायोजन गरि एक मात्र कायम गर्ने सम्बन्ध बाँकि निर्णय आगामी मंसिर २५ गते भित्र अर्को पटकको सर्वदलीय बैठक आयोजना गरि अन्तिम रुप निर्णय गरिएको युवा शिक्षा तथा खेलकुद शाखा प्रमुख रगुनाथ अबस्थिले बताउनुभयो।
हिमाली गाउँपालिका युवा शिक्षा तथा खेलकुद शाखाको आयोजनामा पालिका भित्र जनप्रतिनिधि राजनीति दल बिधालय व्यवस्थापन समिति प्रधानाध्यापक लगायत सरोकारवाला बीच माध्यमिक विधालय कक्षा ११ र १२ को वर्तमान अवस्था औचित्य र सुधार विषयमा वृहत् छलफल गरिएको छ। सबैका राय सुझाव सल्लाह गरिएको छ। ३ वटा माध्यमिक विधालय कक्षा (११,१२ ) विद्यार्थीहरुलाई समायोजन गर्ने विषयलाई अर्को बैठक निर्णय गरिने भएको गाउँपालिकाले जनाएको छ।























